साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को रचनामा म्यूजिक भिडियो सार्वजनिक 

काठमाडौँ, ३० असार। “जब आफ्नाले तुच्छ वचन बोलेपछि कसको के नै लाग्छ र , जब दैव पनि रिसाएपछि कसको के नै लाग्छ र ?” बोलको मन छुने तथा पीडादायी बोध गराउने हृदय स्पर्शी गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

मान्छेको जिन्दगीमा यदाकदा यस्ता घटना भइरहने कथा बस्तुलाई समेटेर गीतले मागे अनुसार सुहाउँदो कथा वस्तु समावेश गरेर भिडियो तयार गरिएको साहित्यकार सुरेन्द्र महर्जन भनाई रहेको छ । सार्वजनिक भिडियोमा सुभाष तिमिल्सिना, मन्जिला बुढाथोकी र सुरेन्द्र महर्जनको अभिनय रहेको छ ।

निर्देशक सुभाष तिमिल्सिनाको निर्देशनमा केशव विश्वकर्माबाट छायाङ्कन गरिएको उक्त भिडियोको एरेन्जर आशिष लामाको रहेको र सङ्गीत चिरञ्जीवी भण्डारीको छ र मोहन सुनुवारको इडिटिङ्ग रहेको छ ।

उक्त गीतको म्यूजिक भिडियो तलको लिङ्कमा गएर हेर्न सकिने छ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको