बैंक अफ काठमान्डुका ग्राहकलाई फर्निचर वान स्टोरमा छुट

काठमाडौं, २५ भदौ । बैंक अफ काठमान्डुले फर्निचर वान स्टोरसँग सम्झौता गरेको छ । बैंकको अनुसार डेबिट कार्ड÷क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्युआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकलाई २० प्रतिशतुम्म छुट उपलब्ध गराउने सम्झौता भएको हो ।
यस सम्झौता पश्चात् ग्राहकहरूले फर्निचर वान स्टोरबाट घर तथा अफिसको लागि आवश्यक फर्निचरहरू खरिद बापत बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मुल्यको २० प्रतिशतसम्म छुट पाउनेछन् ।

फर्निचर वान स्टोरले डिल्लिबजारबाट सेवाग्राहीहरूलाई आवश्यक गुणस्तरीय फर्निचरहरू बिक्री गर्दै आइरहेको छ । बैंक अफ काठमान्डु लिमिटेडले ९० शाखा कार्यालयहरू, ८० एटिएम र १० एक्सटेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरूलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको