गरिमा बैंकका ग्राहकलाई द एभरेस्ट होटलमा १५ प्रतिशतसम्म छुट

काठमाडौं, २५ भदौ । गरिमा विकास बैंकका ग्राहकलाई ‘द एभरेस्ट होटल’ मा १५ प्रतिशसम्म छुट दिने भएको छ । काठमाडौँको नयाँबानेश्वरमा अवस्थित ५ तारे होटलसँग शुक्रवार बैंकले ग्राहकको लागि विभिन्न सेवा सुविधामा आकर्षक छुटको लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको जनाएको छ ।

सम्झौता अनुसार गरिमा विकास बैंकका डेबिट कार्ड र गरिमा स्मार्ट प्रयोग गरी बिल भुक्तानी गर्ने ग्राहकहरूले ‘द एभरेस्ट होटल’बाट फुड एण्ड वेभरेज र स्पा मेम्बरसीप प्याकेजमा १५ प्रतिशत सम्मको छुट पाउने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको