महालक्ष्मी विकास बैंक र विद्युत् प्राधिकरणबिच सम्झौता

काठमाडौं, २५ भदौ । महालक्ष्मी विकास बैंकले नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता गरेको छ । महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहक तथा सर्वसाधारणलाई विद्युत् महसुल बुझाउन सहजीकरण गर्ने उद्देश्यले प्राधिकरणसँग विद्युत् महसुल संकलन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको हो ।

सम्झौतापत्रमा नेपाल विद्युत् प्राधिकरणका तर्फबाट वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले हस्ताक्षर गरेको बैंकले जनाएको छ ।

उक्त सम्झौताअनुसार बैंकका ग्राहक वा सर्वसाधारणले आफूले खपत गरेको बिजुलीको महसुल बैंकको मोबाइल बैंकिङमार्फत वा बैंकको काउन्टरमा नै उपस्थित भई भुक्तानी गर्न सक्नेछन् । सम्झौताअनुसार सेवाग्राहीले मासिक पाँच सय रुपैयाँसम्मको विद्युत् महसुल भुक्तानी गर्दा कुनै पनि सेवा शुल्क तिनुपर्दैन भने पाँच लाख रुपैयाँसम्मको महसुल भुक्तानीमा पाँच रुपैयाँ मात्र सेवा शुल्क भुक्तानी गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको