एसियन लाइफ ईन्स्योरेन्सले प्रस्तावको मृत्यु पश्चात् नाबालकलाई १६ वर्ष सम्मको लागि मासिक शैक्षिक सुविधा प्रदान गर्दै 

झापा, २५ भदौ। एसियन लाइफ ईन्स्योरेन्स कम्पनी बिर्तामोड शाखाकाले प्रस्तावकको मृत्यु पश्चात् बीमित बालिका आराध्य शाहलाई मासिक शैक्षिक सुविधा प्रदान गरेको छ। बीमित बालिकाले १६ वर्षको उमेर अवधिसम्म कम्पनीले उनलाई मासिक रु. ३००० को दरले शैक्षिक सुविधा प्रदान गर्ने जनाएको छ।

कञ्चनकवल-०७, बनियानि, झापाकी रुमादेवी गुप्ता शाहले आफ्ना नाबालक १ वर्षको छोरीलाई १ वर्ष अगाडि रु. ३ लाखको आफू प्रस्तावक भई जीवन बीमा गराई दिएकी थिइन्। गुप्ताको भाईल मेनिगोएन्सेफलाईटिस रोगको बिर्तामोडमा उपचारको क्रममा २०७७।१२।११ गते मृत्यु भएको थियो । निजको नाबालीका १ वर्षको छोरी आराध्य शाहका संरक्षक एवं बुबा लक्ष्मी नारायण शाह अस्वस्थ रहेका कारण निजको हजुरबुबा श्री असर्फी शाहलाई निजहरूकै घरदैलो कञ्चनकवल –०७, बनियानि, झापा गएर प्रत्येक महिना रु. ३ हजारका दरले १६ वर्षको उमेर सम्म शैक्षिक सुविधा बापत रकम उपलब्ध गराउने कम्पनीले जनाएको छ। साथै प्रत्येक वर्ष जम्मा गर्नुपर्ने रकमको किस्ता समेत छुट गरिएको छ। उक्त बीमाको अवधि समाप्तिपछि एकमुष्ट बिमाङ्क रकम र तिरेको किस्ताको बोनस रकम पाउने छ।

कम्पनीले ५ महिनाको पढाई खर्च रकम रु. १५,००० को चेक सोही गाउँपालिकाका वडाध्यक्ष श्री भरत राजवंशी, बिर्तामोड शाखाका शाखा प्रबन्धक सुजन भण्डारी, वरिष्ठ अधिकृत उत्सव कार्की बनियानि इन्चार्ज मेध बहादुर लिम्बुले संयुक्तरुपमा एक समारोहका बिच हस्तान्तरण हस्तान्तरण गरेका थिए । मृतक गुप्ताले मात्र १ वर्ष अगाडि रु. ३ लाखको  अभिभावक राखेर बच्चाको उज्जवल भविष्यको लागि एसियन लाइफ ईन्स्योरेन्सको लोकप्रिय योजना (बाल भविष्य बिमा योजना)मा बिमा गराएका थिइन ।

यसरी कम्पनीले औपचारिक कार्यक्रम गरेर बीमितहरुको दाबी भुक्तानी दिँदा बिमा प्रति जनतामा सकारात्मक भूमिका खेल्ने साथै बीमीत नाबालक आराध्य शाहको १६ वर्ष सम्म एसियन लाइफ  ईन्स्योरेन्स कम्पनीले अभिभावक ग्रहण गरेकोमा उपस्थित सबैले एसियन लाईफलाई धन्यवाद दिएका थिए ।

उक्त कार्यक्रममा सामाजिक अभियन्ता श्री किरण लिम्बु, शिव मा.वि प्र.अ. टेकनाथ राजवंशी एसियन लाइफका बि.एम श्री उमानन्द राजवंशी, कालेन्द्र राजवंशी, कमला कटुवाल, पञ्चनन राजवंशी, श्याम घिमिरे, मृतकको बिमा गराउने अभिकर्ता आदित्य राजवंशी लगायत बीमीत, अभिकर्ता, संस्थाका प्रतिनिधि,स्थानीय जनताको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको