नेता रामबडाई यादवको पहलमा पर्सागढीका बाढी पीडित दलित परिवारले पाए राउटे घर

वीरगंज, २३ भदौ। पर्साको पर्सागढी नगरपालिका वडा नं. ९ बणेर्वा टोलका बाढी प्रभावित दलित परिवारले राउटे घर पाएका छन् । नेपाल भारतको सहयोगमा भारती दूतावास वीरगंजले दिएको ११ वटा राउटे घरको विभिन्न सामानहरू बुधबार एक कार्यक्रमका बिच बणेर्वा टोलका दलित समुदायलाई हस्तान्तरण गरिएको छ । तत्कालीन गाविस हरपुरका निवर्तमान अध्यक्ष रामबडाई यादवको पहलले उक्त बाढी प्रभावित दलित परिवारले राउटे घर पाएका हुन् ।

बणेर्वास्थित सिंघाई नदीको किनारमा बसेका दलित बस्तीहरूमा बितेको बाढीले बास बस्न समेत अप्ठ्यारो रहेको अवस्थामा दुःख र कष्ट भोग्दै आएका ती दलित परिवारको सहयोगी बन्दै निवर्तमान अध्यक्ष यादवले भारतीय दूतावास वीरगंजसंग पहल गरेर उनीहरूको बसोबासका लागि राउटे घरको व्यवस्था मिलाएका हुन । वडा नं. ९ का वडा सदस्य बृजु थारु महतोका अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै निवर्तमान अध्यक्ष रामबडाई यादवले गरिब, दलित तथा विपन्नको शिक्षा, स्वास्थ्य, रोजगार, व्यवस्थित घरबार लगायतको उत्थानको लागि आफू सधैँ चिन्तित रहेको बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका निवर्तमान अध्यक्ष यादवले जुनसुकै बेला कुनै सहयोग चाहिए आफू कहाँ निर्धक्क आउने समेत बणेर्वा टोलका दलित, गरिब तथा विपन्न परिवारलाई आग्रह गरेका थिए ।

बाढीपछि घर बस्नै समस्या खेप्दै आएका दलित परिवारहरूले व्यवस्थित बास बस्न राउटे घरको सामानहरू पाएपछि आफूहरू धेरै खुसी भएको जोशोदिया देवी माझिनले बताइन् । आफूहरूलाई बर्षेनी बर्षातको समयमा सिंघाई नदी किनारमा रहेको घरमा बस्न कठिनाइ हुँदै आएपनि न त नगरपालिकाले नै कुनै सहयोग गरेको छ न त वडाले नै केही गरेको बाढी पीडित परिवारहरूको दुःखेसो छ । आफूहरूलाई केही थाहा नभएको अवस्थामा हामीलाई गाउँबाट आफै लगी निवर्तमान अध्यक्ष यादवले व्यवस्थित बस्नको लागि राउटे घरको सामान दिलाएकोमा धन्यावाद समेत व्यक्त गरेका थिए । पर्सामै सबैभन्दा पिछडिएर रहेको एकटाङ्गा गाउँमा जसपा पर्साका जिल्ला सदस्य समेत रहेका नेता यादवकै पहलले २१ सय मिटर लामो दुईवटा जाली भएको नालासहित ढलान सडक पनि बनी नमूना गाउँ बनेको वडा सदस्य बृजु महतो थारुले बताए ।

राउटे घरको सामान पाउनेमा बणेर्वाका टोलका जोशोदिया देवभि माझीन, देवकी माझी, पूजन माझी, हरिन्द्र माझी, चन्दन माझी, बनु माझी, गीता देवभरि माझिन, रिता देवभरि लगायतका रहेका छन् । कार्यक्रममा स्थानीय दिनदयाल यादव, नागेन्द्र यादव, ह्दयनारायण गौरो, ठगन पण्डित, हुकुम कुवर, सोनालाल यादव, सत्यनाराण पण्डित, रामजी यादव लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको