मेक्सिकोमा ७.१ म्याग्निुच्युडको शक्तिशाली भुकम्प

एजेन्सी, २३ भदौ । मेक्सिकोको प्यासिफिक रिसोर्ट शहरमा अकापुल्को नजिकै मङ्गलबार ७.१ म्याग्निच्युडको भूकम्प गएको छ । हालसम्म प्राप्त समाचारअनुसार यस भूकम्पको कारण कम्तीमा एक व्यक्तिको मृत्यु भएको छ । कोयुका डे बेनिटेज शहर नजिकै पोल ढल्दा एक जनाको मृत्यु भएको बिबिसीले जनाएको छ ।

भूकम्प गएको अवस्थामा राजधानीबाट सयौँ किलोमिटर टाढा रहेका भवन हल्लाएको बताइएको छ । कम्तीमा ४ म्याग्निच्युड वा सोभन्दा माथिका दर्जनौं पराकम्पन कारण पर्यटकहरु होटेलबाट निस्किएका थिए ।

भूकम्पको केन्द्र गुएरेरो राज्यको एकापुल्कोबाट ११ किलोमिटर दक्षिणपूर्वमा रहेको यहाँ राष्ट्रिय भूकम्प विभागले जनाएको छ ।
मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरले एक भिडियो सन्देशमार्फत यहाँ धेरै विनाशको कुनै समाचार नभएको बताएका छन् ।

केन्द्रबिन्दु नै भएको गुएरेरो राज्यको एकापुल्को शहरका भाग्यवस धनजनको खासै क्षति नभएको पनि ओब्राडोरले भिडीयोमा बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको