अहिलेको नवयुगमा प्रविधि युक्त शिक्षाको ज्ञान  हुन आवश्यक रहेको नगरप्रमुख गुप्ताको भनाइ

परासी, २३ भदौ । रामग्राम नगरपालिकाद्वारा आयोजित निबन्ध तथा वक्तव्यकला प्रतियोगिता विजेतालाई पुरस्कार बितरण गरेको छ ।नगरपालिकाले ५५ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस २०७८ को अवसरमा वक्तव्यकला प्रतियोगिता विजेतालाई  पुरस्कार बितरण गरेको हो ।

रामग्राम नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजित साक्षरता दिवसको अवसरमा पारि निबन्ध तथा वक्तृत्वकला प्रतियोगिता प्रथमद्वितृया र तृतीय  विजेतालाई पुरस्कार बितरण गरिएको नगर शिक्षा अधिकारी रुद्र रेग्मीले जानकारी दिए । रामग्राम नगरपालिका नगरप्रमुख नरेन्द्र कुमार गुप्ताले निबन्ध तथा वकतृत्वकला प्रतियोगिता प्रथम द्वितीया र तृतीय  विजेतालाई पुरस्कार बितरण गरेका छन् ।पुरस्कार बितरण गदै गुप्ताले अहिलेको नवयुगमा प्रविधि युक्त शिक्षाको ज्ञान  हुन जरुरी रहेको बताए । प्रविधि ज्ञान सहित शिक्षा आवश्यकता रहेको बताउँदै प्रविधि मैत्री शिक्षा लिनुपर्ने आजको आवश्यकता भएको बताए । आनौपचारिक शिक्षा संचालन भएपनि त्यसलाई अझै प्रभावकारी बनाउनुपर्नेमा गुप्ताले जोड दिए । उनले भने अझै पनि बालबालिकाहरू विद्यालयको पहुँचबाट टाढा रहेका भन्दै ती बालबालिकाहरूलाई विद्यालयको पहुँचमा ल्याउन नगरपालिकाले अभियान चलाएर विद्यालयको पहुँचमा ल्याउन काम गरिरहेको बताए ।

रामग्राम नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका नगर शिक्षा अधिकारी रुद्र रेग्मीले सबैलाई नागरिकलाई  प्रविधि युक्त साक्षरता बनाउनुपर्नेमा जोड दिएका छन् । सिपमूलक र प्रविधिमूलक युक्त साक्षरता कक्षा संचालन गर्नुपर्ने रेग्मीले बताए । उनले भने नवलपरासी जिल्ला साक्षर घोषणा जिल्ला भएकोले यसको कार्यान्वयन जोड दिनुपर्छ । निबन्धतर्फ उत्तम बालहित मावि उजैनिका लक्ष्मी हरिजन प्रथम हुनेलाई तीन हजार  प्रमाणपत्र,द्वितीय हिलोरियम चिल्ड्रेन एकेडेमी धर्म राज चौधरिलाई दुई हजार प्रमाणपत्र,र तृतीय लिटिल एन्जल्स परासीका सयोड्गका खडकालाई एकहजार प्रमाणपत्र पुरस्कार बितरण गरिएको

रामग्राम नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका शाखा अधिकृत सुन्दर खनालले जानकारी दिए । उनको अनुसार वक्तृत्वकला प्रतियोगितामा उत्तम बालहित मावि उजैनिका महिमा बेल्दार प्रथम हुनेलाई तीन हजार ,प्रमाणपत्र जनता मावि देवगाउका रकिबुन अन्सारी द्वितीयलाई दुई हजार,प्रमाणपत्र तृतीय आदर्श मा. वि. परासीका प्रीति बानियाँ एक हजार प्रमाणपत्र  र तृतीय लिटिल एन्जल्स परासीका सृष्टि पौडेललाई एक हजार प्रमाणपत्र बितरण गरिएको बताए । सामुदायिक विद्यालयको तर्फबाट  निबन्धमा ९ जना विद्यार्थी,र संस्थागत विद्यालयको तर्फबाट निबन्धमा ३ जना सहभागी थिए भने वकतृत्वकला प्रतियोगितामा ११ जना विद्यालयको सहभागिता रहेको जसमध्ये संस्थागत विद्यालयबाट ३ जना विद्यार्थी र सामुदायिक तर्फबाट ८ जना विद्यार्थीको सहभागिता रहेको थियो । साक्षरता दिवसको अवसरमा
रामग्राम नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाबाट हुने गतिविधिबारे शैक्षिक बुलेटिन पनि विमोचन गरिएको थियो ।

बुलेटिनमा विभिन्न शैक्षिक गतिविधि र बजेटको विषयमा समावेश गरिएको रामग्राम नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा नगर शिक्षा अधिकारी रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको