नेप्सेमा आज  पनि उच्च अंकको पहिरो,यूनाइटेड मोदीको कारोबार सर्वाधिक

काठमाडौं, २३ भदौ । साताको कारोबारको चौथो दिन आज नेप्सेमा उच्च अंकको गिरावट आएको छ । नेप्से आज ६० दशमलव २ अंकले घटेर २८ सय ७६ दशमलव ५९ बिन्दुमा रोकिएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज ११ दशमलव ९१ अंकले बढेर ५३६ दशमलव ५१ विन्दुमा थामिएको हो ।

नेप्सेको अनुसार २२५ कम्पनीको ७४ हजार ८ सय ९० पटक कारोबार भएर ६ अर्ब ६४ करोड ६६ लाख २३ हजार ४ सय २७ रुपैयाँ बराबरको १ करोड ६१ लाख ४८ हजार ६ सय ५२ कित्ता शेयर खरिद बिक्री भएको छ ।

आज यूनाइटेड मोदी हाइड्रोपावर कम्पनीको शेयर कारोबार सर्वाधिक भएको हो । कम्पनीको ४० करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

यसैगरी, आज अरुण भ्याली हाइड्रोपावर कम्पनीको २४ करोड ५१ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, स्वरोजगार लघुवित्तको २४ करोड २१ लाख, रिडी हाइड्रोपावर कम्पनीको २३ करोड ६३ लाख र । रैराङ हाइड्रोपावर कम्पनीको २३ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको