विश्वकप फुटबलको युरोपेली छनौटमा पोर्चुगलले अजरवैजान माथि शानदार जित

एजेन्सी, २३ भदौ । विश्वकप फुटबलको युरोपेली छनोटमा पोर्चुगलले अजरवैजान माथि शानदार जित निकालेको छ । मंगलबार राति पोर्चुगलले अजरवैजानलाई ३–० ले पराजित गरेको हो ।

बर्नार्डो सिल्भाले २६ औँ मिनेटमा पोर्चुगललाई सुरुवाती अग्रता दिलाएका थिए । आन्द्रे सिल्भाले ३१ औँ मिनेटमा गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर बनाए ।

त्यस्तै, खेलको ७५ औँ मिनेटमा जोटाले गोल टालीलाई जित दिलाए । पोर्चुगल रोनाल्डोबिनै मैदानमा उत्रिएको थियो । राष्ट्रिय टिमबाट कीर्तिमानी गोलकर्ता बनेका रोनाल्डोले खुसीयाली मनाउने क्रममा कार्ड खादै अर्को खेल गुमाउने भएका थिए । जितसहित पोर्चुगल समूह ए को शीर्ष स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको