अन्तर्राष्ट्रियस्तरको भोजपुर रङ्गशाला निर्माण अन्तिम चरणमा, माघसम्म सक्ने लक्ष्य

भोजपुर, २३ भदौ । प्रदेश– १ सरकारको प्राथमिकतामा रहेको अन्तर्राष्ट्रियकरण भोजपुर रङ्गशाला निर्माणको काम अन्तिम चरणमा पुगेको छ । रु.१४ करोड पाँच लाखमा २०७६ मंसिर महिनाबाट तीव्रगतिमा रङ्गशाला बनिरहेको छ । पाँच हजार मानिस अट्न सक्ने क्षमताको रङ्गशाला निर्माणले भोजपुरबासीमा उत्साह थपिएको छ ।

२०८० सालसम्म निर्माण अवधि भएपनि सरकारले समयमा बजेट दिएमा सम्झौता अघि नै काम सम्पन्न गर्ने निर्माण कम्पनी रायमाझी, मार्सेली जेभीले जिकिर गरेको छ ।

मार्सेली निर्माण कम्पनीका प्रमुख श्याम श्रेष्ठले भने‘ यो काम समय अघि नै सम्पन्न गर्ने लक्ष्यका साथ भइरहेको छ । तर यसको नक्सा तथा डिजाइनमा सहरी विकास कार्यालयले कमजोरी गरेका कारण काममा केही समस्या भइरहेको छ । त्यो नक्सालाई समयमा नै पुनः डिजाइन गरेर दिएमा आगामी माघ महिना भित्रमा सकेर जिम्मा लगाउने मेरो उद्देश्य छ ।’

हालसम्म कार्यालय भवन, फाउन्डेसन लगाउने लगायत स्टक्चरको काम अन्तिम चरणमा पुगेको छ भने प्याराफिड, बनाउने, रिटेनिङवाल लगाउने लगायतको काम भइरहेको निर्माण कम्पनीले जनाएको छ । त्यस्तै खेलमैदानमा दुवो लगाउने काम पनि भइरहेको छ ।

करिब २५ रोपनी क्षेत्रमा निर्माण भइरहेको सात हजार वर्गमिटरको रङ्गशालामा ५ हजार मानिस अट्न सक्ने गरी ६ ओटा प्याराफिड निर्माण हुने सहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटाले जनाएको छ ।

तर खेलको क्षेत्रमा यति धेरै योगदान पु¥याउने भोजपुरमा खेलको विकासका लागि विगतका दिनहरूमा दीर्घकालीन योजनाका साथ काम नहुँदा खेलाडीले भने समस्या झेल्दै आएका छन् ।

देश संघिय प्रणालीमा गएपछि भने यहाँ खेल क्षेत्रको विकासका लागि कामको थालनी भएको देखिन्छ । जिल्लाका नौ ओटा नै स्थानीय तहहरूले खेल क्षेत्रको विकासका लागि लगानी गरिरहेका छन् । भोजपुर जिल्लामा कुनै ठुलो खेलको आयोजना गर्दा विद्यमान अवस्थामा  पनि खेल मैदानको अभाव नै छ ।

यहाँको समस्यालाई ध्यानमा राख्दै भोजपुर रङ्गशालाको निर्माण सुरु भएपछि  खेलाडी तथा खेलप्रेमीहरुमा उत्साह थपिएको छ । जिल्लामा ढिलै भएपनि अन्तर्राष्ट्रियकरण रङ्गशाला निर्माण अन्तिम चरणमा पुगेसँगै खेल क्षेत्रको विकासमा टेवा पुग्ने देखिएको छ  । यसले खेल क्षेत्रको विकाससँगै खेलाडीहरूमा उत्साहको रङ्ग भरेको छ । मापदण्ड अनुसारका खेलमैदान नहुँदा  सोचेजस्तोरुपमा खेलाडीको वृद्धि विकास हुन सकिरहेको छैन ।

भोजपुरको फुटबल क्षेत्रमा टेवा पु¥याउने लक्ष्यले २०६४ सालमा तत्कालीन पहिलो जिल्ला विकास समिति बोर्डले रु.५५ लाख मूल्यमा जिल्ला खेलकुद परिषद् मार्फत रङ्गशालाको जग्गा खरिद गरिएको थियो ।तत्कालीन जिविसबाट छुट्टाइएको केही रकमबाट रङ्गशालाको स्तरोन्नति गर्ने काम थालिएपनि बजेट अभावमा अगाडी बढ्न सकेको थिएन । अन्योलमा रहेको काम रङ्गशाला निर्माणको कामलाई पूर्णता दिन तत्कालीन मुख्यमन्त्री शेरधन राईले यसको निर्माण चासोका साथ काम अगाडी बढाएका थिए।

सात हजार वर्ग मिटरको रङ्गशालामा ५ हजार मानिस अट्न सक्ने गरी ७ ओटा प्याराफिड निर्माण हुने सहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटाले जनाएको छ । कुल २५ रोपनी क्षेत्रफलमा फैलिएको रङ्गशालाको दक्षिणतर्फ ८० मिटरको चौडाइ, उत्तरतर्फ ५५ मिटरको चौडाइ, पूर्वतर्फ एक सय दुई मिटरको लम्बाई र पश्चिमतर्फ १०५ मिटरको लम्बाइमा मैदान सम्म्याइएको छ ।

हालसम्म कार्यालय भवन, फाउन्डेसन लगाउने लगायत स्टक्चरको काम अन्तिम चरणमा पुगेको छ भने प्याराफिड, बनाउने, रिटेनिङवाल लगाउने लगायतको काम भइरहेको निर्माण कम्पनीले जनाएको छ । त्यस्तै खेलमैदानमा दुवो लगाउने काम पनि भइरहेको छ ।

वर्षौँदेखि बजेट अभाव झेल्दै आएको रङ्गशाला झण्डै १२ वर्षमा ४० लाख बराबर लागतमा रङ्गशालाको केही प्रतिशत स्तरोन्नति भएको थियो । स्थानीय सरकार आएपछि भोजपुर नगरपालिकाले वडा अन्तर्गत स्तरोन्नतीमा केही रकम छुट्याउदै आएको छ । प्रदेश १ कै उत्कृष्ट रङ्गशालाको रूपमा भोजपुर रङ्गशाला बन्ने भएपछि सिङ्गो जिल्लाका लागि नै खेलाडी उत्पादनका लागि उर्वर भूमि बन्ने भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आले बताए । थोरै बजेटले पर्याप्त नभएपछि बेवारिसे जस्तै बन्दै आएको रङ्गशालाको स्वरूपले जिल्लाकै प्रतिष्ठा बोक्ने किसिमको रङ्गशाला हुनेमा भोजपुरवासी विश्वस्त रहेको उनले बताए ।

भोजपुर जिल्ला फुटबल संघले आधिकारिक रूपमा सम्बन्धित निकायसामु पहल गरेपनि रङ्गशाला निर्माणका लागि आवश्यक बजेटको माहोल बन्न सकेको थिएन । जिल्ला फुटबल संघले पटक-पटक रङ्गशालाका लागि सरोकारवाला निकायदेखि मन्त्रालयसम्म बजेटका लागि ताकेता गर्दै आएको थियो । प्रदेश सरकार बनेपछि ठुला आयोजना अन्तर्गत प्रदेश सरकारले नमुना रङ्गशाला बनाउने लक्ष्यले बजेट विनियोजन गरेपछि सहज बाटो खुलेको संघका कोषाध्यक्ष विनम श्रेष्ठले बताए ।

उनले भने‘वर्षौपछि रङ्गशालाको नयाँ रूप लिने सपना पुरा हुने भएको छ । स्तरोन्नतीका लागि पर्याप्त बजेट र उपकरण सामाग्री पनि पर्याप्त हुने भएको छ । यो भन्दा अगाडीका समयमा विविध प्राविधिक कारणवश बजेटको माहोल सिर्जना हुन सकेको थिएन ।’

कामलाई गुणस्तरीय बनाउनका लागि इन्जिनियरहरूले नियमित रूपमा अनुगमन तथा चेक जाँचसमेत गर्दै आएका छन् । निर्माणमा प्रयोग भएका सामग्री मापदण्ड अनुसारको रहेको सहरी विकास तथा भवन निर्माण कार्यालयका इन्जिनियर रजनिस कुमार झाले बताए ।

विश्व अल्ट्रा धावक मिरा राईको सम्मानमा निर्माण भइरहेको अन्तर्राष्ट्रियकरण ‘मिरा राई रङ्गशाला’ निर्माणको काम पनि त्रिवगतिमा भइरहेको पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए ।

भोजपुर रङ्गशालासँगै पूर्वी पौवादुङमा गाउँपालिकाको च्याङ्ग्रेमा निर्माणाधीन अन्तर्राष्ट्रियकरण ‘मिरा राई रङ्गशाला’ को काम पनि तीव्र गतिमा भइरहेको छ । गाउँपालिकाको क्रमागत बजेट अन्तर्गत रु.५५ लाख र प्रदेश १ सरकारको रु.एक करोड ३५ लाख गरी झण्डै दुई करोडको लागतमा सो रङ्गशाला निर्माण भइरहेको छ । यस्तै प्रदेश सरकारकै क्रमागत योजना अन्तर्गतकै रु. ६ करोड लागतमा षडानन्द नगरपालिकाको दिङला रङ्गशाला पनि निर्माण काम भइरहेको छ ।

यस्तै प्रदेश १ सरकारकै रु.५० लाखको लागतमा टेम्केमैयुङ गाउँपालिकाको छिनामखु खेलमैदान र रु.२५ लाख लागतमा हतुवागढी गाउँपालिका १, रानीबाटको सल्लेमा क्षेत्रीयस्तरको खेलकुद रङ्गशाला निर्माणको क्रम जारी छ । अन्य दर्जनौँ खेलकुद आयोजनाहरू सञ्चालनमा छन् । जसले खेलकुद मैदान अभावमा पलायन हुने युवा खेलाडीलाई उत्साह थपिदिएको छ ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको