आज यी कम्पनीको कारोबार उच्च

- यी कम्पनीको शेयर मूल्यमा आज सर्वाधिक वृद्धि

काठमाडौं, २२ भदौ । नेप्सेमा आज उच्च अंकको गिरावट आएपनि केही कम्पनीको भने शेयर कारोबार भने सर्वाधिक भएको छ । नेप्सेको अनुसार आज यूनाइटेड मोदी हाइड्रोपावर कम्पनीको कारोबार सर्वाधिक कारोबार भएको छ । कम्पनीको ६१ करोड ९२ लाख बढीको शेयर कारोबार भएको हो ।

त्यस्तै, आज अरुण भ्याली हाइड्रोपावर कम्पनीको ३८ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यसैगरी, अपी पावर कम्पनीको १९ करोड १२ लाख, ज्योति विकास बैंकको १७ करोड ५७ लाख र रिडी हाइड्रोपावर कम्पनीको १६ करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

यी कम्पनीको शेयर मूल्यमा आज सर्वाधिक वृद्धि

साताको कारोबारको तेस्रो दिन आज नेप्से ४४ अंकले घट्दा ७ अर्बको कारोबार भएको छ । आज सबैभन्दा धेरै सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । कम्पनीको लगानीकर्ताले आज १० प्रतिशतले कमाएका छन् ।

यसैगरी, यूनाइटटेड मोदी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ७ दशमलव ७८ प्रतिशत र हाइड्रनेइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट कम्पनीका लगानीकर्ताले ५ दशमलव १६ प्रतिशतका दरले कमाएका छन् ।

आज २२२ कम्पनीको ८६ हजार ५ सय ८ पटक कारोबार भएर ७ अर्ब ४९ करोड ५८ लाख १२ हजार १ सय ६१ रुपैयाँ बराबरको १ करोड ५ लाख ८२ हजार ८१ कित्ता शेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको