अमेरिकामा ८८ लाख संक्रमितको उपचार हुँदै

एजेन्सी, २२ भदौ । विश्वभर कोरोना भाइरसको संख्या बढ्दै गइरहेको छ । अहिलेसम्म ४५ लाख बढीले कोरोनाबाट ज्यान गुमाइसकेका छन् । त्यस्तै, नेपालमा पनि १० हजार बढीको निधन भइसकेको छ ।

अमेरिकामा ४ करोड ८ लाख ६५ हजार ७ सय ९४ जना कोरोना संक्रमितको संख्या रहेको छ भने ३ करोड १३ लाख ३५ हजार २ सय ७८ जना निको भइसकेका छन् । त्यस्तै, ८८ लाख ६३ हजार ९ सय ५७ जनाको उपचार भइरहेको छ भने २५ हजार ६ सय ६६ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको वल्डोमिटरले जनाएको छ । अमेरिकामा ६ लाख ६६ हजार ५ सय ५९ जनाको हालसम्म निधन भएको छ ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको