मुक्तिनाथ बैंकको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, २२ भदौ । मुक्तिनाथ विकास बैंकले साउन १९ गतेदेखि बिक्रिमा ल्याएको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन हो ।
बैंकको प्रतिकित्ता १ रुपैयाँ अंकित दरका १ लाख ५ हजार ४१ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो ।

बैंकको शेयर खरिद गर्न भदौ २२ गतेसम्म गोप्य शिलन्बदी पेस गर्न सकिने बैंकले व्यवस्था गरेको थियो । शेयर खरिद गर्न तोकिएको मूल्य वा सो भन्दा बढी मूल्य अंकित गरेर न्यूनतम १ हजार देखि सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ । शेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको