काठमाडौंमा असोज १ गतेदेखि विद्यालय संचालन गर्न पाइने

काठमाडौं, २२ भदौ । आगामी असोज १ गतेदेखि काठमाडौंका विद्यालय सञ्चालन गर्न अनुमति दिइएको छ । यसअघि कोभिडको कारण भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्न प्रशासनले रोक लगाएको थियो । सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको बैठकले स्थानीय तहमा कोरोना संक्रमण र जोखिमको अवस्थाबारे जानकारी लिने र त्यस आधारमा विद्यालय खुलाउन अनुमति दिने निर्णय गरेको हो ।

तर, प्रशासनले विद्यालय खोल्नुअघि यही भदौ मसान्तसम्म स्थानीय तहका शिक्षा शाखाले कोभिड–१९ संक्रमणको अवस्था, शिक्षककर्मचारीले खोप लगाए नलाएको विवरण र विद्यालय सञ्चालनको ढाँचा पेश गर्न भनेको छ ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको