रेडक्रसद्वारा सरावल गाउँपालिकामा बाढीबाट प्रभावित भएका ११० घरपरिवारहरूलाई राहत सामाग्री बितरण

परासी २१ भदौ । पश्चिम नवलपरासीमा बाढीबाट प्रभावित भएका घरपरिवारहरूलाई राहत सामग्री बितरण गरिएको छ । पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा बाढीबाट प्रभावित भएका घरपरिवारहरूलाई राहत सामग्री बितरण गरिएको हो । युनिफेस नेपालको सहयोगमा तथा नेपाल रेडक्रस सोसाइटी रामपुरखडौना उपशाखाको सहकार्यमा सरावल गाउँपालिकामा बाढीबाट प्रभावित भएका घरपरिवारहरूलाई राहत सामाग्री बितरण गरिएको नेपाल  रेडक्रस सोसाइटी रामपुरखडौना उपशाखका सभापति सुभान अन्सारीले जानकारी दिए ।

सरावल गाउँपालिकामा  वडा नं. ५ ,६र ७ का बाढीबाट प्रभावित भएका घरपरिवारहरूलाई राहत सामाग्री बितरण गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पश्चिम नवलपरासीका सभापति राजेन्द्रप्रसाद अग्रहरीले बताए । बाढीबाट प्रभावित भएका घरपरिवारहरूलाई त्रिपाल,कम्बल,जग,मास्क बाल्टी लगायतकाको राहतसामग्रि बितरण गरिएको उपशाखाले जनाएको छ । सरावल गाउँपालिकामा  वडा नं. ५,६र ७का बाढीबाट प्रभावित भएका ११० घरपरिवारहरूलाई राहत सामाग्री बितरण गरिएको शाखा सभापति अग्रहरीले जानकारी दिए ।

नेपाल  रेडक्रस सोसाइटी रामपुरखडौना उपशाखका सभापति सुभान अन्सारीको अध्यक्ष तथा नेपाल  रेडक्रस सोसाइटी जिल्ला शाखा  सभापति राजेन्द्रप्रसाद अग्रहरीको प्रमुख अतिथ्यतामा उक्त राहत सामाग्री बितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको