नेप्से आज १६१ अंकले बढ्यो, अरुण हाइड्रोपावरको उच्च कारोबार

काठमाडौं, २१ भदौ । साताको कारोबारको दोस्रो दिन आज नेप्से भारी अंकले बढेको छ । नेप्से आज १६१ दशमलव ९४ अंकले बढेर २९ सय ८० दशमलव ७८ विन्दु कायम भएको हो ।

त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज ३१ दशमलव ४१ अंकले बढेर ५५३ दशमलव ४० विन्दुमा रोकिएको हो ।

नेप्सेको अनुसार आज २२४ कम्पनीको १ लाख ९ हजार १८२ पटक कारोबार भएर ९ खर्ब ८२ करोड ६२ लाख २२ हजार ८०७ रुपैयाँ बराबरको १ करोड ७९ लाख २२ हजार ५ सय ८८ कित्ता शेयर किनबेच भएको छ ।

शेयरबजार आज उच्च अंकले बढ्दा सबैभन्दा धेरै अरुण हाइड्रोपावर कम्पनीको कारोबार सर्वाधिक भएको छ । कम्पनीको आज ४६ करोड ३० लाख बढीको कारोबार भएको हो । त्यस्तै, हिमालयन डिस्टिलरीको २६ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपर तामाकोशीको २४ करोड ९२ लाख बढीको शेयर कारोबार भएको छ ।

यसैगरी, नेशनल हाइड्रोपावर कम्पनीको १९ करोड ९९ लाख र आइसीएफसी फाइनान्स कम्पनीको १९ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको