सुनको मूल्य घट्ने क्रम आज पनि जारी

काठमाडौं, २१ भदौ । नेपाली बजारमा आज सुनको मूल्य सामान्य अंकले घटेको छ । आइतबार प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ सयले घटेको हो ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ । भने तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ९ सय रहेको छ ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भएका थियो । आज पनि सोही मूल्य कायम गरिएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको