आज पनि बढ्यो सुनको भाउ

काठमाडौं, २० भदौ । नेपाली बजारमा सुनको भाउ बढेको छ । शुक्रवार प्रतितोला ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ६ सयले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ । त्यस्तै,  तेजाबी सुन प्रतितोला ९१ हजार रुपैयाँमा किनबेच भइरहेको  छ ।

यस्तै, चाँदीको मूल्य ३५ रुपैयाँले बढेर प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको