गोरखा र धादिङका जग्गा अझै ‘श्री ५ वायुगुठी’ कै नाममा

गोरखा, १८ भदौ । नेपालमा राजसंस्था र राजतन्त्र अन्त्य भएको करिब १४ वर्ष पुगेको छ । यद्यपि अझै हजारौँ रोपनी जग्गा भने ‘श्री ५ वायुगुठी’ नाममा रहेको छ । पुस्तौँदेखि किसानहरूले कमाई आएको हजारौँ रोपनी जग्गा जमिनको धनी नाम ‘श्री ५ वायुगुठी’ अङ्कित छ ।

धादिङ र गोरखामा केही जग्गाहरूमा अझैपनि किसानहरूले खेती गर्छन् र कर तिर्दै पनि आएका छन् । तर, उनीहरूले लालपुर्जा बनाउन सकेका छैनन् ।

किसानहरू राजसंस्था र श्री ५ नै नभएको अवस्थामा दुरदराजका किसानलाई ‘श्री ५ को भ्रम’मा राख्न नहुने तर्क गर्छन् । गोरखाको पुरानो थुमी गाविसका ७ सय ४९ किसानले उपभोग गर्दै आएका खेतबारी र घरघडेरी श्री ५ वायुगुठीको नाममा रहेको छ । कुल जग्गामध्ये ७३ जना किसानले आफ्नो नाममा लालपुर्जा लिएका छन् । आर्खेत बजार र ढुंगेफाँटको बस्ती अझैपनि ज्यामरुङ दरबारका राजा लीलाविक्रम शाहको नाममा रहेको छ ।

आर्खेत बजार र ढुंगेफाँटको बजार स्थानीयवासीले कब्जामा लिइसकेका छन् । लामो समय देखि मोहीले जग्गा आफ्नो नाममा बनाउन खोजेपनि अझैसम्म नसकेको किसानहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको