उद्योगी व्यवसायीहरू बैंकको चर्को व्याज वृद्धिका कारण मारमा परेको गुनासो

परासी, ६ असोज । पश्चिम नवलपरासीका उद्योगी व्यवसायीहरू बैकको चर्को व्याज वृद्धिका कारण मारमा परेको परासीमा भएको एक कार्यक्रम गुनासो गरेका छन्। उनीहरूले बैंकहरुले मनोमानी तरिकाले व्याज वृद्धि गरेको भन्दै उद्योगी व्यवसायीहरू मार्कामा परेको बताएका छन् ।

नवलपरासी उद्योग वाणिज्य सङ्घले आज परासीको व्यवसायीहरू बिच उद्योगी व्यवसायीहरूमाथि गरेको व्याज वृद्धि आर्थिक सङ्कट विषयमा छलफल कार्यक्रम उद्योगी व्यवसायीहरूले यस्तो बताएका हुन् । आरती एग्रोका सञ्चालक नगेन्द्र अग्रहरीले बैकको  मनोमानी तरिकाले चर्को व्याज वृद्धिले उद्योगी व्यवसायीहरू धराशायी बन्दै गएको बताए । उनले बैंकहरुले महिनामै पिच्छे व्याज वृद्धि गदै जाने गरेको भन्दै चर्को व्याज वृद्धिका कारण उद्योगी व्यवसायीहरू बन्द गर्ने अवस्था पुगेको बताए ।

ट्रक व्यवसायी रामकसिुन गुप्ताले बैंकहरुले प्रत्येक महिना व्याज बृद्धि गर्ने र इन्धन मूल्य वृद्धिले गर्दा व्यवसाय धराप परेको गुनासो गरे । बैकले व्याज वृद्धि गर्ने र इन्धनको मूल्य वृद्धि हुने तर ढुवानी भाडा नबढ्ने गर्दा ट्रक व्यवसायीहरू व्यवसाय बन्द गर्ने अवस्थामा आएको बताए ।

पेट्रोलियम पदार्थ व्यवसायी राजेश कुमार गुप्ताले बैकहरुले आक्रामक शैली व्याज वृद्धिले गर्दा उद्योगी व्यवसायीहरू धेरै मर्कामा परेको गुनासो गदै यस किसिमको कार्य तत्काल रोक्नुपर्नेमा जोड थिए ।

ओम नेचर फुड्स प्रालिका सञ्चालक ओमप्रकाश अग्रहरीले बैंकहरुको मनोमानी चर्को व्याज वृद्धि र चेक बाउन्सले गर्दा उद्योगी व्यवसायीहरू दोहोरो मारमा परेको बताउँदै उद्योग बन्द गरी सरकारलाई उद्योगको सन्चो बुझाउने अवस्था आएको बताए । उद्योग वाणिज्य सङ्घका अध्यक्ष केशव भण्डारीले बैकहरुको चर्को व्याज वृद्धिले नवलपरासीका उद्योगी व्यवसायीहरू मारमा परेको बताउँदै बैकले १४ प्रतिशतबाट १८ प्रतिशत व्याज वृद्धि गरी सरकारले उद्योग व्यवसायीहरू बन्द गराउने चलखेल गरेको बताए । उनले यस्ता बैकहरु व्याज वृद्धि गर्ने उता सरकारले उद्योग व्यवसायमा कर वृद्धिले गर्दा उद्योगहरू बन्द गर्ने अवस्था पुगेको बताए ।

लुम्बिनी प्रदेश सांसद  तथा उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष बैजनाथ कलवाले पहिला सरकार निजी क्षेत्रसँग डराउने अवस्था थियो तर अहिले उद्योग व्यवसायीहरू सरकारसँग डराउने अवस्था आएको भन्दै निजी क्षेत्रलाई बलियो र उद्योगी व्यवसायीहरू एकमत भएर सरकार विरुद्ध उत्रिने आवश्यकता रहेको बताए । लुम्बिनी प्रदेश उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष गुणनिधी तिवारीले उद्योग व्यवसाय राजनीतिकरण घुसेको कारणले गर्दा उद्योग व्यवसाय धराप परेको भन्दै यसलाई निराकरण गर्न उद्योग व्यवसायमा राजनीतिकरण  अन्त्य गर्नुपर्ने जोड दिए । उनले उद्योग व्यवसायीहरूले चर्को व्याज तिर्न छन तर राज्यले उद्योगी व्यवसायीहरू समस्या समाधानको ग्यारेन्टी गर्ने की नगर्ने राज्यसँग माग गरे । उनले भने व्यवसायी र व्यवसायीहरू बीच एकता नभएको कारण ले गर्दा पनि यस्तो समस्या आएको बताए । राज्यले बैक र बिमा कम्पनीहरूलाई लाइसेन्स दिएको हो की देशमा लुटतन्त्र मच्चाउन छुट दिएको भन्दै राज्यसँग प्रश्न गरे ।

तिवारीले बैकहरुले मनोमानी तरिकाले व्याज वृद्धिले उद्योग व्यवसायीहरू मात्र मारमा परेको होइन यसको चपेटामा जनताहरू पनि मारमा परेको बताए । कार्यक्रममा अधिकांश  उद्योग व्यवसायीहरूले चर्को व्याजको मारमा परेको बताउँदै यस विषयमा भोलि जिल्ला प्रशासनमार्फत ज्ञापनपत्र र उद्योगको साँचो बुझाउने कार्यक्रम रहेको उद्योग वाणिज्य सङ्घ नवलपरासीका महासचिव गिरीराज पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको