गजल: बेहाल यात्रा

गजल: बेहाल यात्रा

किन-किन आज भोलि सास रोकिए जस्तो लाग्छ ।
हिँड्दा-हिँड्दै अचानक बाटो मोडिए जस्तो लाग्छ ।

गन्तव्य यात्राबिच दोबाटोमै अलमल्ल परिरहे म,
फूलेका फूल घामको रापले ओइलिए जस्तो लाग्छ ।

समयले छल्दै मलाई किन यति कठिन बेहाल यात्रा,
साँचो माया तिमिलाई धेरै भई पोखिए जस्तो लाग्छ ।

होला सायद जिन्दगीमा सारा खुशी अन्तै पायौ,
त्यसैकारण तीरस्कार भित्र-भित्रै ओतिए जस्तो लाग्छ ।

रित्तो भई मन आत्मा रित्तै रहने भयो दुनियाँ सारा सबै,
तिमी बिनाको मेरो आयु मलाई छोटिए जस्तो लाग्छ ।

         लेखक
अशोक कुमार कार्की

(पैयाँपानी, भोजपुर)

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको