लघुवित्त कर्मचारी मिलन केन्द्रको संस्थागत विकासमा सञ्चार कला सम्बन्धी एक दिने गोष्ठी कार्यक्रम सम्पन्न

कावासाेती, ४ असोज। लघुवित्त कर्मचारी मिलन केन्द्रले विजया दशमी तथा  शुभ दिपावली एवम् छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा संस्थागत विकासमा सञ्चार कला सम्बन्धी एक दिने गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष युवराज गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एन.भि.सि.का संयोजक के.वि भुर्तेलकाे प्रमुख अतिथि रहनु भएको थियो ।

प्रमुख प्रशिक्षक एवम् प्रमुख अतिथि समेत रहनु भएका भुर्तेलले संस्थागत विकासमा अहिंसात्मक सञ्चारले संस्था विकासमामा महत्त्वपूर्ण भूमिका खेलेको हुँदा यस तालिमले कार्यालय व्यवस्थापनमा सहजीकरण हुने समेत बताउनु भएको छ । हिन्दुहरुकाे महान् पर्व विजय दशमी , शुभ दिपावली तथा छठ पर्वको अवसरमा आयोजित कार्यक्रममा तालिम सँगै शुभकामना आदान प्रदान  कार्यक्रम सम्पन्न गरेको हो ।

नवलपुर क्षेत्र भित्र रहेका लघुवित्तहरूको शाखा प्रमुख एवम् प्रतिनिधिहरुकाे उपस्थित रहेको थियो । कार्यक्रम साहारा पार्टी  प्यालेस दलदलेमा संञ्चालन कार्यक्रमको सहजीकरण संस्थाका सचिव बाबुराम श्रेष्ठले  गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको