कमल गाउँपालिका इसाई समाजले कफन बाकस अग्रिम तयारी राख्ने

झापा, १६ भदौ। कमल/झापाको कमल गाउँपालिका इसाई समाजले कुलुङ बंगुर फर्म हाउसमा मंगलबार १५ गते बसेको बैठकले ख्रीष्टटियन धार्मिक विधि-विधान अनुसार ख्रीष्टटियनको मृत्यु पश्चात् कफन बाकसमा राखेर दबानाउने चलन र मृत्यु संस्कारको विधिलाई सहज होस् भनी अग्रिम कफन बाकस तयारी गरी राख्ने गरी इसाई समाजले रु.१९,५०० उठाउने निर्णय गरेको छ।

समाजका अध्यक्ष पास्टर संजिप कुमार राईले आफ्नो व्यक्तिगत तर्फबाट रु.२०,००० अक्षरुपी कफन बाकस र साउण्ड बाकसको लागि कोषाध्यक्ष पास्टर दुर्गा राजवंशीलाई हस्तान्तरण गरेको हो । कफन बाकस चलनको सुरुवात उत्पत्ति ५०:२६ पदमा योसेफको मृत शरीर कफन बाकसमा राखेर अन्त्येष्टि गरेको पाइन्छ। यसैले आजको दिनसम्म पनि ख्रीष्टटियनहरुको मृत्यु पश्चात् मृत शरीर कफन बाकसमा राख्ने चलन अपनाउँदै आएको छ। कमल गाउँपालिका इसाई समाजलाई कफन बाकसको आपूर्ति आजको दिनसम्म केर्खा ज्योति मण्डलीको डिकन धिरज राईले सञ्चालन गर्दै आउनुभएको न्यू सुमन फर्नीचरले दिँदै आएको छ।

यसकारण इसाई समाजमा कसैकोमा घटना वा मरउ पर्दा विधिलाई समयमा बाकसको कारण बाधक नहोस् भनी समाजले अग्रिम बुक गरी तयारी अवस्थामा राख्न राईसँग माग गरिएको समाजको सचिव रेभरेण्ड जोन मुर्मुले बताए।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको