परासी, २९ भदौ। कामना सेवा विकास बैंक लि. परासी शाखाले बाल दिवसको अवसरमा बालवालीका संग कामना सेवा विकास बैंक भन्ने मूल नाराका साथ रामग्राम –१०, नदवा स्थित श्री राजेश्वरी प्राथमिक विद्यालयका कक्षा १ र २ मा अध्ययनरत बालबालिकासँग खुशी साटासाट गर्दै कपि, पेन, एवं अन्य स्टेसनरी सामग्री हस्तान्तरण गरेको छ ।
शाखा कार्यालय परासीद्वारा आयोजित बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गतको कार्यक्रममा शाखा कार्यालयका भैरहवा क्लस्टर प्रमुख अखलेश कुमार अग्रहरीको अध्यक्षता एवं विद्यालयका प्रधानाध्यापक प्रद्युमन कुमार पटेलको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथी पटेलले कामना सेवा विकास बैंकले विद्यार्थी लक्षित कार्यक्रमको आयोजना गरेकोमा धन्यवाद ज्ञापन गर्नु भएको थियो । साथै उहाँले सामाजिक सेवा मानव सेवा रहेको बताउँदै यस्ता नबिनतम कार्यमा बैंकले निरन्तरता दिन आग्रह गर्नु भएको थियो ।
बैंकले देशका विभिन्न भागमा छरिएर रहेका १३५ वटा शाखाहरुबाट यस्ता सामाजिक कार्यहरू गर्दै आइरहेको र आगामी दिनहरूमा समेत यसलाई अझै फराकिलो र प्रभावकारी बनाउँदै लगिने कुरा भैरहवा क्लस्टर प्रमुख एवं कार्यक्रमका अध्यक्ष अखलेश कुमार अग्रहरीले प्रष्ट पार्नुभएको थियो ।
परासी शाखाका सम्बन्ध प्रबन्धक महेश नेपाल स्वागत मन्तब्यसगैं सुरु भएको कार्यक्रममा बैकंका कर्मचारी, विद्यालयका कर्मचारी र विद्यार्थीको उल्लेखनीय उपस्थिति रहेको थियो ।