आईएमई र एनसेलबीच सहकार्य

काठमाडौं, १५ भदौ । आईएमई लिमिटेडले जनसेलसँग सहकार्य गरेको छ । दुई कम्पनीले प्रवर्द्धनात्मक कार्यक्रममा सहकार्य गरेका हुन् ।
सहकार्यपछि विदेशमा रहेका नेपालीले तोकिएका कम्पनीबाट आईएमईमा रेमिट्यान्स पठाउँदा एनसेलबाट १ जीवी डेटा उपहारस्वरूप पाउनेछन् ।

मणिग्राम, ईजेट रेमिट, इन्स्ट्यान्ट क्यार र अल अन्सार एक्सेन्ज क्यास एक्सप्रेसबाट पैसा पठाउँदा उक्त डेटा उपहार पाउने आईएमईले जनाएको छ । एनसेल र आईएमईले ‘ढुक्कले पैसा पठाइन्छ, १ जीवी डेटा पाइन्छ’ अफर ल्याएका हुन् । उक्त अफर गत १७ अगस्टदेखि नै सञ्चालन भइरहेको छ । १ जीवी डेटा ग्राहकले स्मार्टफोनमा प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको