सामुदायिक बनले रेडप्लसको प्रक्रियाबारेमा बहुसरोकारवालासँग छलफल

परासी, २६ भदौ । पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा रेडप्लसको प्रक्रियाबारेमा बहुसरोकारवालासँग छलफल कार्यक्रम गरिएको छ। सामुदायिक बन उपभोक्ता महासंघ नवलपपरासीको आयोजनमा रेडप्लसको प्रक्रियाबारेमा र रेडप्लस के हो ? त्यसको बारेमा बहुसरोकारवालासँग छलफल कार्यक्रम गरेको हो ।

कार्यक्रममा रेडप्लसका रमेश तिमिल्सीनाले रेडप्लस कार्यक्रममा भनेको बनबिनाश र बन क्षयीकरणको मानिसको जीविकोपार्जन र समग्र  राष्ट्रिय विकास प्रतिकुल प्रभाव पादै आएको बताउँदै त्यसैले बन विनाश र क्षयीकरण सम्बन्धी समस्या सम्बोधन लागि नेपालले रेडप्लस कार्यक्रम सामुदायिक बनहरूमा सञ्चालन गरिएको जानकारी दिए ।

हाम्रो देशमा विभिन्न बहानमा होस वा विकास निर्माण गर्दा बन अतिक्रमण गरी घर टहरा निर्माण गर्दा बन विनाश र बन क्षयीकरण हुँदै आएकोले त्यसलाई रोक्न निम्ति यो कार्यक्रम सञ्चालन गरी रोकथाम गर्ने मूल उद्देश्य रहेको तिमिल्सीनाले बताए । रेडप्लस प्रक्रियामा नेपालको प्रयास बन विनाश र क्षयीकरण फरक तत्त्वहरूको बारे पनि जानकारी गराइएको थियो ।

महासंघकी सदस्य सुमित्रा भट्टराईले रेडप्लस कार्यक्रम १३ जिल्लाको सामुदायिक बनहरूमा सञ्चालन गरिएको जानकारी दिईन । उनको अनुसार नवलपरासी पश्चिम सहित रौतहट बारा, पर्सा, नवलपरासी पूर्व नवलपुर,चितवन, बार्दिया,बाँके, दाङ, कपिलवस्तु,रुपन्देही र सुदूरपश्चिम प्रदेशको कञ्चनपुर र कैलाली सञ्चालन भइरहेको बताइन्। नेपालको कार्बन उत्सर्जन न्यूनीकरण र बन विनाशबाट हुने उत्सर्जन न्यूनीकरण बन क्षयीकरण हुने न्यनीकरण गदै बनलाई दिगोपनको व्यवस्थापन गर्नुपर्ने भट्टराईले सरोकारवालालाई जानकारी गराइएकी थिइन् ।

लुमाकान्त भुसालले नेपालको राष्ट्रिय रेडप्लस रणनीतिक बनजङ्गल संरक्षण गरी फाइदाको बारेमा सहजीकरण गरेका थिए । सामुदायिक बन  उपभोक्ता महासंघका अध्यक्ष कमल परिवारको अध्यक्षता तथा सामुदायिक बन उपभोक्ता महासंघ लुम्बिनी प्रदेशका सचिवालय सदस्य नारायण पाण्डेको प्रमुख आथिथ्यतामा भएको कार्यक्रममा सरोकारवालाहरू बन सम्पदा हाम्रो देश  गहना भएकोले बन विनाश रोकथाम र बन नै संरक्षण गरी यसको रोकथाम  गर्नुपर्नेमा जोड दिएका थिए ।

नवलपरासीमा ६३ वटा सामुदायिक बन रहेको  महासघकी सचिव शारदा पोख्रेले जानकारी दिईन ।४२ हजार एक सय ११ घरधुरी र ८ हजार ५ सय ६१ हेक्टर बन जगल फैलिएकोमा दुई लाख ५५ हजार ६१ जनसंख्या लाभान्वित छन ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको