मिडियाको भूमिका महत्त्वपूर्ण : शिक्षामन्त्री पौडेल

गण्डकी, २५ भदौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मुलुकको राजनीतिक, सामाजिक परिवर्तनमा मिडिया जगतको महत्त्वपूर्ण भूमिका रहँदै आएको बताउनुभएको छ ।

प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिको आज पोखरामा आयोजित तेस्रो पूर्ण बैठकमा उहाँले सरकारका कामकारबाहीदेखि राजनीतिक दलले अघि सारेका मुद्दालाई जनस्तरमा स्थापित गर्न मिडियाले अर्थपूर्ण भूमिका खेल्नुपर्ने उल्लेख गर्नुभयो ।

उहाँले मिडियाको समयसापेक्ष विकाससँगै पत्रकारको दक्षता अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । सामाजिक सञ्जाल पनि सशक्त माध्यमका रूपमा आएको भन्दै मन्त्री पौडेलले त्यसको सही सदुपयोग हुनुपर्ने धारणा राख्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सचिवसमेत रहनुभएका मन्त्री पौडेलले आगामी चुनावबाट माओवादी केन्द्र वामपन्थीतर्फ पहिलो शक्तिका रूपमा आउने बताउनुभयो । परिवर्तनका एजेन्डा बोकेको दल भएकाले माओवादी जनतामाझ स्थापित भइसकेको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको