बन विनाश न्यूनीकरण र बनको दीगो व्यवस्थापनको लागि जनसमुदायहरूलाई जनचेतना फैलाउन जरुरी

परासी, २२ भदौ । बनजङ्गल विनाश र बनजङ्गल फडानी रोक्न जनस्तरबाट जनचेतना फैलाउनु पर्नेमा बर्दघाटमा आयोजित एक कार्यक्रममा बोल्ने सरोकारवालाहरूले जोड दिएका छन् । उनीहरूले बनविनाश न्यूनीकरण र  बनको दिगोपन व्यवस्थापनको लागि जनसमुदायहरूलाई जनचेतना फैलाई यसलाई जोगाउन जरुरी रहेको बताएका छन ।

आज बर्दघाटमा सामुदायिक बन उपभोक्ता महासंघ नेपाल नवलपरासीले आयोजना गरेको बनविनाश र क्षयीकरण न्यूनीकरण सामुदायिक बन लगायत समुदायमा आधारित व्यवस्थापन प्रणालीको भूमि र योगदान सम्बन्धी गोष्ठीमा सरोकारवालाहरूले यस्तो बताएका हुन् । अधिकांशले बोल्ने वक्ताहरूले बनविनाश बनजङ्गल फडानी रोक्न र बनमा लाग्ने आगलागीको रोकथाम गर्न जनसमुदायमा जनचेतना फैलाएर यसको रोकथाम गर्नुपर्ने जोड दिएका थिए ।

बनजङ्गल मासिनु भनेको प्राय: बन तस्करी चोरी निकासी बन डढेलो संस्थागत अतिक्रमण मुख्यकारण भएको महासंघका अध्यक्ष कमल परियारले बताए । उनले जसमा बनविनाश एउटा मुख्य कारण बढ्दो सहरीकरण अव्यवस्थित बसोबास बसाइसराइ र विकास निर्माण रहको बताए । बन जङ्गल मासिँदै गएकोले त्यसको न्यूनीकरणतर्फ ध्यान दिनुपर्ने परियारले जोड दिए । जनजनाति महासंघकी अध्यक्ष तारा रानाले बनजङ्गल प्राकृतिक सम्पदा भएकोले बनजङ्गलबाट फडानी तस्कारीलाई रोक्नुपर्नेमा जोड दिईन ।

बनजङ्गल विनाश र फडानी रोक्न दक्षिण क्षेत्रका जनसमुदायहरूमा जनचेतना फैलाउने कार्यक्रम सञ्चालन गर्न जरुरी रहेको पारिवारिक निजी बन उपभोक्ता समितिका अध्यक्ष कृष्ण तिवारीले बताए । सामुदायिक बन उपभोक्ता महासंघ लुम्बिनी प्रदेशका सचिवालय सदस्य नारायण पाण्डेले जङ्गल फडानी बन जङ्गलमा चोरी निकासी र तस्करीले दिनप्रति दिन बनजङ्गल मासिँदै गएकोले तस्कारी नियन्त्रण गरी तस्कारी गर्ने तस्कारलाई नियन्त्रण लिई हदैसम्म कर वाही गर्नुपर्ने जोड दिए ।

सब-डिभिजन बन कार्यालय बर्दघाटका प्रमुख गिरीराज पन्तले सरकारले बन विनाश र संरक्षण ४४.८ प्रतिशत गरिसकेको बताए । सामुदायिक बन उपभोक्ता महासंघ नेपाल नवलपरासीका अध्यक्ष कमल परियारको अध्यक्षयता तथा सामुदायिक बन उपभोक्ता महासंघ लुम्बिनी प्रदेशका सचिवालय सदस्य लक्ष्मी बढतौलाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा दाउन्ने रेडियोका स्टेशन म्यानेजर मोहन पौडेल सामुदायिक बन उपभोक्ता महासंघकी सचिव शारदा पोख्रेल, जनजातिका महासघकी अध्यक्ष तारा राना लगायतले बोलेका थिए ।

कार्यक्रममा लुमाकान्त भुसाले बन प्रवर्द्धन प्रणाली,बन विनाशको कारणहरू र बन विनाश र क्षयीकरण, वायुमण्डलमा कार्बनडाइअक्साईडको मात्राबारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । नवलपरासीमा ६३ वटा सामुदायिक बन रहेको छ भने ४२ हजार एक सय ११ घरधुरी र ८ हजार ५ सय ६१ हेक्टर बनजङ्गल फैलिएकोमा दुई लाख ५५ हजार ६१ जनसंख्या लाभान्वित छन ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको