आज १२ संक्रमितको मृत्यु

काठमाडौं, २९ असार । कोरोना संक्रमणबाट आज थप १२ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ९ हजार ४ सय १२  पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज नेपालमा कोरोना भाइरसका २ हजार ३ सय  ९८ जना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ६ लाख ५८ हजार ६ सय ७८ पुगेको छ ।

मन्त्रालयको अनुसार आज २ हजार ७८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ६ लाख २३ हजार १ सय ५ जना संक्रमणमुक्त भएको छ । २४ घण्टामा ११ हजार १२ जनामा परीक्षण गर्दा १६ सय ३९ जना पिसीआर र ७५९ जना एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको