तालिबानी सत्तारोहणले देखाएको दिशा…!

अफगानी राष्ट्रपति असरफ घानीले देश छोडेर विदेश पलायन भएपछि काबुल, कन्धहार लगायत देशका प्रमुख सहरहरूमा विगत दुई महिनादेखी छाएको सम्भावित हत्या हिंसाको त्रासदिबाट मुक्त हुन खोजेको देखिन्छ । र तालिबानको प्रवक्ताको नामबाट आएको “कसैप्रति बदला नलिने” सन्देशलेपनि शान्तिपूर्ण सत्ता हस्तान्तरण र राजनीतिक, सामाजिक व्यवस्थापनमा सहजता आउने सङ्केत मिलेको छ । तर यतिखेर नेपालमा “अपूर्ण क्रान्ति” भएकोले भारतीय बिस्तारवादीहरुले राजनीतिक सत्तामा माइक्रो मेनेज्मेन्ट गरिरहेको र अफगानिस्तानमा तालिवानले पूर्ण क्रान्ति गरेर“अमेरिकी साम्राज्यवाद विरोधी राष्ट्रवादी शक्तिको विजय” भएको भन्दै नेपालको दीर्घकालीन जनयुद्धलाई “अपूर्ण क्रान्ति”, वा बलिदानपूर्ण माओवादी आन्दोलनलाई “विदेशी स्वार्थको खेती गरेको” जस्ता नीचतापूर्ण आरोपित गर्ने अवसरको रूपमा उपयोग गरिरहेका छन् । त्यसैले अफगानी आन्दोलनको मूल प्रवृत्ति र यसको भावी दिशाको विषयमा छलफल आजको आवश्यकता बन्न पुगेको छ ।

अफगान समस्या के हो ?

अफगान समस्यालाई बुझ्न हालैको एकाध घटनाहरूको टिप्पन टाप्पन घटनाहरूको जानकारीलाई आधार मानेर निष्कर्ष निकाल्दा हामी सही गन्तव्यमा पुग्दैनौँ । भौगोलिक रूपमा अफगान भारतीय उपमहादिपसंग जोडिएपनि इरान, पाकिस्तान, चीन, तुर्किस्तान, किर्गिस्तानले घेरिएको भूपरिवेष्टित देश नै हो । समुद्रको निकटताको सवालमा दक्षिणमा इरानको सिङ्गै भूगोल पार गरेपछि अरब सागर र उत्तरमा पश्चिममा तुर्किस्तानको करिब २०० किमी पार गरेपछि मृतसागर आउँछ । त्यसैले यसको भूपरिवेष्टितको कारणले यो पनि नेपालकै जस्तो अन्तर्राष्ट्रिय जगतमा आफ्नो सम्बन्ध बढाउन छिमेकी देशसँगको सहकार्यमा मात्र सम्भव हुने देश हो ।

मुस्लिम बाहुल्य मुलुक भएकोले सामाजिक बनावट र संस्कृतिमा खुल्लापन र विभेदको बीचमा विशाल खाडल सबै क्षेत्रमा देखिन्छ । लैङ्गिक विभेद, वर्गीय विभेद, क्षेत्रीय विभेद, लगायत आफ्नै धर्म भित्रपनि सिया र सुन्नी बीचको विभेद अत्याधिकमात्रामा थियो र छ । तसर्थ विभेदले पटक-पटक विद्रोह जन्माएको पनि छ । त्यसैले देश र जनता शान्तिको श्वास फेर्न आतुर पनि छन् । तर अफगानिस्तानको प्रारम्भिक इतिहासदेखि नै उक्त अवसर पाएका छैनन् । अर्थात् अराजकता, अस्थिरता र बेला बेलाको विद्रोह नै अफगानिस्तानको पहिचान बन्न पुगेको छ ।

करिब तीनसय वर्षको बेलायती साम्राज्यवादी युगमा युरोपका अधिकांश देशहरूमा बेलायती साम्राज्य थियो भने, रुसी जारशाही सत्तापनि सम्राज्य फैलाएर नै आफ्नो शान शौकत कायम राखिराखेका थिए । तुर्किस्तान, काजकिस्तान, मङ्गोलिया, लगायत बेला बेलामा जापान सम्म आफ्नो साम्राज्य बिस्तार गरिरहेका जारशाही रुस र युरोपका अधिकांश देशमाथि साम्राज्य लादिरहेका बेलायतले समुद्र मार्गबाट आएर दक्षिण भरतबाट पसेपछि हालको पाकिस्तान लगायत सम्पूर्ण उपमहाद्वीपमा कब्जा जमाएपछि बीचको जमिन अर्थात् हालको अफगानिस्तान दुइटै शक्तिकेन्द्रको खेलमैदान जस्तो बन्यो र आफ्नो स्वार्थ अनुकूल अफगानिस्तानलाई खेलाई नै रहे, जसको कारणले त्यहाँको सत्ता, सरकार सधैँ अस्थिर, देश र जनताले हरपल त्रासदीपूर्ण हत्या हिंसाको सामना गरिरहनुपर्‍यो । यतिसम्मकी तीन सय वर्ष इतिहासमा एउटै बर्षपनि अफगानी नागरिकले सन्त्रासको वातावरण बेहोर्नु नपरेको छैन ।

जब १९४८मा भारतीय स्वतन्त्रतासंग्रामले सार्थकता पायो, बेलायती साम्राज्यवादको धराशायी बन्नेप्रकृयाले तीव्रता पनि पाउँदै गयो, अर्कोतिर रुसी साम्राज्यवादको पनि अन्तिम अन्तिम दिन गन्दै थियो र कमजोर बन्दै थियो । तर त्यतिनेखेर देखि एकातिर अमेरिका शक्ति सम्पन्न बन्दै थियो भने रुसमा जार शाहीको अन्त्य गरेर साम्यवादी सरकारको अभ्यासमा थियो । जब विश्व शक्तिकेन्द्रहरूको ध्रुवीकरण बेलायत र रुसी नभई रुसी समाजवाद र अमेरिकी साम्राज्यवादी ध्रुवमा विभक्त भयो ।

१९१७ देखिको रुस मूलतः समाजवादी संस्कृतिमा हुर्के पनि १९४४ देखि १९४८ सम्म चलेको दोस्रो विश्वयुद्धको चाप र बढ्दो जर्मन, फ्रान्स र अमेरिकी ध्रुवीकरणलाई रोक्न फेरी पनि छिमेकी देशहरूलाई आफ्नो सुरक्षाकवज नबनाई दुनियाँकै पहिलो समाजवादी राष्ट्र जोगिन मुस्किल जस्तै देखिँदै थियो । त्यसैको परिणाम पहिले पहिले समाजवादको प्रचारमा कितावमात्र पठाउने सोभियत रुसले समाजवादी सत्तामाथि अमेरिकी दब्दवालाई रोक्न वा मत्थर पार्न हतियार पठाउन थाल्यो । अझ अमेरिकाले जापानको हिरोसिमा र नागासाकीमा बम झारेपछि, दक्षिण कोरियामा सेना राखेपछि, जर्मन र इटालीमा सेना राखेपछि रुसले आफूलाई घेरेको महसुस गरे र पहिलो पटक मंगोलीयामा १९४८मा त्यहाँ चलेको समाजवादी आन्दोलनको सहयोगार्थ आफ्नो सेना पठाएर सत्ता समाजवादको स्थापना गरे । लगत्तै चेकोस्लोभाकिया, रुमानीया र बुल्गेरियामा पनि रुसी सेनाको हस्तक्षेपकारी भूमिकाले कम्युनिष्ट आन्दोलनलाई उर्जा थप्दै समाजवाद घोषणा गर्न सघायो । त्यसै क्रममा काजकिस्तान, तुर्किस्थान हुँदै अफगानिस्तानमा पनि रुसी सेनाको सहयोगमा समाजवादको घोषणा गरियो । चीनमा पनि पछिल्लो चरणमा च्याङ्गकाईसेकको सत्ता ढलाउन सघाएको देखिन्छ, तर अन्य देशमा जस्तो रुसी सेना स्थायीरुपमा बसेनन् ।

यसरी हिटलरले सुरु गरेको दोस्रो विश्वयुद्ध अमेरिका, जर्मन, र फ्रान्सले अधिक मोर्चाबन्दी लिएपनि पूँजीवाद र समाजवाद बीचको युद्धको रूपमा स्थापित भयो । युद्धको अन्तिम सम्ममा हिटलर निक्कै छायाँमा परिसकेका थिए । जसको कारण उनको युद्धउन्मादपूर्ण युद्धअपराधहरुले उनलाई शान्तिपूर्ण अवतरणको कुनै मार्ग नै देखेनन् र अपराधबोध र डिप्रेसनको सिकार बन्दै आत्महत्या रोज्नुप¥यो । तर अमेरिकाले पहिलो पटक विश्व महाशक्तिको रूपमा उदाउने मौका पायो । जर्मन टुक्रियो, कोरिया टुक्रियो, जापानमा समाजवादी आन्दोलन नभएकोले टुक्रिनबाट जोगिए पनि स्थायीरुपमा अमेरिकी सेना बस्यो । हजार कोशिस गर्दापनि भियतनाम र कम्पुचियामा अमेरिकाको सर्मनाक हार भयो र फर्कन बाध्य बन्यो । त्यस्तै रुसलेपनि आफ्ना वरपरका सबैजसो देशहरूमा समाजवादको रक्षाको नाममा स्थायी सेना राख्यो । यसैलाई पछिल्लो चरण रुसी समाजवादलाई समाजवादको रूपमा नभई सामाजिक साम्राज्यवादमा पतन भएको विश्लेषण गर्न थालियो । तैपनि विश्व कब्जा गर्ने, समाजवादी सत्ता ध्वस्त पार्ने उद्देश्यसहित गरिएको आक्रमण विफल मात्र भएन करोडौँको नागरिकहरूको गैरन्यायिक नरसंहार खरबौँ चलअचल सम्पत्तिको सर्वनाश गरेर पनि समाजवादलाई परास्त गर्नुको बदला रुसी भूमिमा मात्र केन्द्रित समाजवाद विश्वका एक चौथाइ जनसंख्याले उपभोग गर्न पाए । एक हिसाबले पूँजीवादीहरुको विश्वभरिबाटै सर्मनाक हार भयो । करिब ३०० वर्षदेखि महाशक्ति बन्दै आएको बेलायती साम्राज्यवाद विश्वभरिबाटै पतन भएर आफ्नै संयुक्त अधिराज्य इङ्गल्यान्ड, आयरल्याण्ड, स्कटल्याण्डमा खुम्चिन बाध्य भयो । भने त्यसको बदला बिश्वपूँजीवादको विकृत रूप साम्राज्यवादको प्रतिनिधित्व अमेरिकाले गर्ने अवसर पायो । तर समाजवाद पराजित बन्नुको बदला उनलेपनि आफ्नो गछ र दक्षता देखाई विश्वभरि कम्युनिष्ट अर्थात् समाजवादी सत्ताको झण्डा गाड्न सफल भए ।

विश्वयुद्धको चपेटामा रुसी समाजवाद आफ्नो भूगोलमात्र होइन, अन्तराष्ट्रियरुपमा पनि समाजवादको विकास गर्ने उद्देश्यले राखिएको सेनाकै कारणले अफगान भित्र सुस्त-सुस्त कथित राष्ट्रवादको नगरा बज्न थाल्यो । रुसद्वारा आफ्नो सार्वभौमिकतामाथि हस्तक्षेप गरेको बहानामा त्यहाँका पूर्व सामन्तहरू, विगतको बेलायती तथा रुसी साम्राज्यवादीहरूको सामरिक स्वार्थहरूको रक्षा गर्दै देशलाई सधैँ अस्थिर बनाउँदै आएका दलाल तथा नोकरशाही पूँजीका अधिकारीहरू, लगायत केही धर्मान्ध अतिवादी युद्ध सरदारहरूलाई साथमा लिएर अमेरिकाले १९६०को दशकमा मुजाहिद्दीम सङ्गठनको सुरु ग¥यो र त्यहाँ भित्र आफैले हतियार, कच्चा पदार्थ र रकम समेत दिएर द्वन्द्वको आरम्भ गरायो । जुन द्वन्द्व १९९०मा रुसी समाजवादका अन्तिम शासक मिखाईल गोर्भाचोभले समाजवादी सत्ता ध्वस्त गरेपछि मात्रै अन्त्य भयो । उक्त अवधिमा चार लाख भन्दा बेसी नागरिकहरू हताहत भएको लाखौँ नागरिकहरू बेपत्ता भएको तथ्य सार्वजनिक भएका छन् । जसले तत्कालीन तालिवानलाई सत्तासीन बनायो अफगानी सत्ताधारी त बनायो तर नीति योजना र बीचार बिनाको धार्मिक अतिवाद र युद्ध सरदारहरूको जमघटले आधुनिक समाजको नेतृत्व गर्नसक्ने त सवालै थिएन, त्यसैले उनीहरू कुरानको आधारमा समाजको पुनसंरचनामा लागे ।

त्यतिनैखेर इरान र इराकलगायतका क्षेत्रमा पनि आफ्नो साम्राज्यवादी पञ्जा गाड्न त्यहाँका सरकारलाई कठपुतली बनाउन थोरबहुत विकास निर्माण भौतिक पूर्वाधार लगायत विभिन्न सहयोगका फण्डहरु लाने गरेका थिए, त्यसै योजनाहरूमा इन्जिनियरको रूपमा कार्यरत बिन लादेकै नेतृत्वमा अलकायदा सङ्गठन निर्माण गरे किनकि १९८० को दशकदेखि इरान र इराकका तत्कालीन शासकहरूले अमेरिकी साम्राज्यवादको स्वार्थ सिद्ध गर्न आलटाल गर्न थालेका थिए । इराकलाई कुवेतको मुद्दामा फसाएर १९९० अगस्त २ देखि अमेरिकाले क्रूरतापूर्वक सत्ता विप्लव गरायो भने इरानमा बिन लादेकै नेतृत्वमा १ दशक भन्दा लामो समय निरन्तर आतङ्कवादी कार्यवाही गराएपछि सत्ता विप्लव गराए।

अफगानिस्तानमा पनि उनको गतिविधि सोतियत सत्ता विरोधी आतङ्कवादी गतिविधि कायमै थियो भने १९९० पछि सोभियत सत्ता ढालेरै छोडे तर कुवेत युद्धमा अमेरिकाले सद्धामलाई वास्ता नगरेपछि अमेरिकासँग चिढिएका सद्धामले सानातिना शासकहरूको साथ खोज्दै आफ्नो धन्दा कायम राखेका थिए । कहिले इरानको विरुद्ध इराकी आतङ्कवाद भने कहिले इराककै विरुद्ध इरानको इसारामा आक्रमणहरू गरिरहन्थे । तर सोभियत समाजवादलाई पाखा लगाइसकेपछि एकलो महाशक्ति बन्ने सपना बोकेका अमेरिकाले वार्सा सन्धि सङ्गठनको अन्त्यपश्चात् सिधै सम्बन्धित सरकारहरूलाई कठपुतली बनाएर स्वार्थ साँध्न थाल्यो, लादेन जस्ता मध्यपूर्वका थुप्रै युद्धसरदारहरुसंगको सम्बन्ध पातलो बनाउन थाल्यो । त्यसैको रिसले चुर भएका लादेनले सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकी ट्वीन टावरमा आतङ्कवादी हमला गरी अमेरिकी अर्थतन्त्रमा गम्भीर चोट मात्र पु¥याएन हजारौँको हताहती र संसारभरी चलाइएको अमेरिकी दादागिरीको चुरीफुरी पनि चकनाचुर बनाइदियो । (यद्यपि उक्त ट्वीन टावर अमेरिका आफै ध्वस्त गरेर बिन लादेनलाई सिध्याउने बहानामात्रै बनाएको भन्नेहरुपनि छन् । जो असम्भव नै भन्ने छैन किनकि बीसौं वर्ष अमेरिकी लालनपालनमा इरानी सत्ता पलटमा लागेका तर सत्ता पलटपछि अमेरिकी संस्थापनले नपत्यापछि उनको शक्तिको श्रोत भनेको नै ठूला ठालु व्यापारी तस्कर तर्साउँदै रकम उठाएर फौज पाल्नु नै थियो, यो प्रकृयाको हद यदाकदा देश भित्र र बाहिरको सत्तासँग अवैध चोचोमोचो र टसलहरु नै थियो ।)

जब अफगानिस्तानमा अमेरिकाको लालन पालनमा रुसी समाजवाद विरुद्धको आतङ्कवादी गतिविधि गर्दै सत्तालाई अस्थिर बनाउँदै बसेको मुजाहिद्दिन र तालिवानले सत्तासीन भयो । नयाँ तथा मौलिक रूपले देशलाई अग्रगति दिने कुनै योजना, कुनै मौलिक नीतिको अभावमा धार्मिक अतिवाद लागू गर्ने र मुस्लिम कट्टरताकै आधारमा नियम कानून बनाउने, करिब चालिस वर्षको मानवीयताको आधारमा खुल्ला जीवन जिएका महिलाहरू फेरी बुर्का संस्कृतिमा फर्कनु बाध्य भयो । पढाई लेखाई, लगायत मानवीय अग्रगति लिँदै गरेको समाजमा महिलाहरू विद्यालय जान फेरी प्रतिबन्ध लाग्यो । धर्मलाई मानवीय सत्कर्मको माध्यम नबनाई केही मौलानाहरुको कमाई खाने हतियारको रूपमा फेरीपनि स्थापित बन्न थाल्यो । शिक्षा स्वास्थ्य लगायत मानिसहरूको रोजगारीको ग्यारेन्टी सरकारी बनेको करिब चालीस वर्षपछि फेरी आफ्नो जिम्मेवारी आफै लिनु पर्दा राज्य नागरिकको दायित्वबाट वञ्चित देख्दा, नयाँ प्रकारको समस्यासँग अफगानीहरु फेरीपनि जुध्नुपर्यो।

सत्ताको वरपर बस्नेहरू एकाध बर्षमै धनाढ्य बन्ने, सत्ताको संरक्षण नपाएका अधिकांश नागरिकहरू गरिबिको रेखामुनि पर्दै जाने, यो क्रममा कतै ब्रेक लागेन । गरिबी, अशिक्षा भोक रोगले अफगानिस्तान फेरीपनि चालिस वर्ष अघिको विभेदपूर्ण समाजमा पु¥यायो । विभेदले सानासाना विद्रोह थुप्रै जन्माएपनि शक्तिकेन्द्रहरूको संरक्षणविना पानीको फोका भैं हराएर गएपनि जब विभेदको चौडा सहनै नसक्नेगरी फराकिलो बन्यो, विगत सम्झेर रुनु सिवाय अर्को उपाय उनीहरूसँग थिएन ।

राज्यका भौतिक निर्माणको ठेक्कापट्टामा खानी तथा भूगर्भभित्रको उत्खनन् राज्यमा पहुँच हुने सीमित व्यक्तिहरूको हातमा पर्न गयो । रोजगारी, तथा व्यापार ब्यावसाय, उद्योगधन्दा कल कारखाना विदेशीको सहयोग बिना चलन नसक्ने र विदेशबाट आउने श्रोत केवल सम्भ्रान्त वर्गको पहुँचमा मात्र पुग्ने हुँदा तमाम नागरिकहरू गरिबिको रेखामुनि जुनी बिताउन विवश बन्दै गए । र त्यसैको विकल्पमा सानातिना थुप्रै विद्रोहहरू भएपपनि सार्थक निकास चाहिँ पाउन सकेको थिएन । तर तालिवानीहरुले मौलिक र सिर्जनशिलढंगले आम जनताको व्यवस्थापन गर्न नसेकपछि वामयन क्षेत्रमा रहेका १००० वर्षभन्दा पुराना संसारकै सबैभन्दा चर्चित बुद्धमुर्तिहरु भत्काउन थाले, बुर्का संस्कृतिले अधिकता पाउन थाल्यो । महिलाहरू घर गोठ र दाह्रीवाल पुरुषका दासी बन्न थाले । शिक्षा र रोजगारीको क्षेत्रबाट आम महिलाहरू तिरस्कृत हुन थाले । महिला पुरुष बीचको आपसी प्रेम र सद्भाव सार्थक बनाउन गरिने विवाह पुरुषको यौनकृडाको साधनको रूपमा प्रयोग हुने खेलौनाको रूपमा महिलाहरू बाध्य हुन थाले । आम रूपमा भन्दा उनीहरूले इस्लामिक ग्रन्थहरूको आधारमा कानूनहरु बनाउन थाले । जो आधुनिक युगसापेक्ष थिएन, आधुनिक उत्पादन र उपभोगलाई उक्त नीतिले उन्नति गर्दैनथ्यो । आधुनिक बृहत् वैज्ञानिक विश्वको प्रतिनिधित्व त्यसले गर्न सक्दैनथ्यो । तर अमेरिकी साम्राज्यवादको बुई चढेर गरिएको सत्ताबिप्लवलाई सार्थक बनाउन जनतामाथि असल नीति होइन बन्दुकको भाषामात्र प्रयोग हुँदा आम जनतामा नयाँ विद्रोह सङ्गठित हुँदै थियो । अर्कोतिर बिन लादेनको अलकायदा जस्तै आई एस आई, मुजाहिद्दीन, जैस ए मुहम्मद लगायत अन्य सानातिना संगठनहरुपनि सतहमा आउनथाले । तर हरेकमा कुनै न कुनै रूपमा अमेरिकाको प्रत्यक्ष वा परोक्ष साथ सहयोग र भरोषा भएको देखिन्थ्यो ।

यसै क्रममा भएको अमेरिका र मध्यपूर्वका देशहरूमा कार्यरत आतंकवादीहरुबीचको द्धन्दले जुहारीको रूप लिइरहेको बेला भारत पाकिस्तान लगायतका देशहरूले उनीहरूको थुप्रै नेता कार्यकर्ताहरू समाते र त्यसैलाई छोडाउनको निम्ति सन् १९१७ डिसेम्बर २४मा मसुर अजहर लगायत नेताहरूलाई छोड्नुपर्ने सर्त राखेर काठमाडौँबाट दिल्ली उडान भर्न लागेको १८० यात्रु बोकेको इन्डियन एयरलाइन्सको ८१४ नम्बरको जहाज साँझ ५ बजे अपहरणमा परि अफगानिस्तानको कन्दहार पु¥याए । र तत्कालीन भारतीय पर्यटन मन्त्री आफै उक्त ३६ नेताहरूलाई साथमा लगेर हवाईजहाज र यात्रुहरूको उद्धार गरेका थिए । तर समय सीमा नाघेको भन्दै रुपक कम्वल भन्ने व्यक्तिलाई पेटमा चक्कु प्रहार गरी हत्या गरे । भने उनीहरूले २० करोड अमेरिकी डलर फिरौती स्वरूप रकम मागेको चर्चापनि चलेको थियो ।

यसरी समाजवादी अर्थव्यवस्थाको पतन पश्चात् मध्यपूर्वका देशहरूले आतङ्कवादको ठूलो समस्या झेल्नुका साथै गरिबी अशिक्षा र रोग भोकको विशाल खाडलमा पुरिनु बाध्य बन्यो । सोभियत समाजवाद जतिसुकै साम्राज्यवादी दिशामा पतन भएको हल्ला मच्चाएपनि त्यसले जनताको वर्गीय समस्या समाधानको निम्ति थुप्रै कार्यहरू गरेको थियो सामाजिक समताको निम्ति ठूलै कार्य गरेको थियो । तर पूँजीवादी साम्राज्यवादले त त्यहाँको श्रोत साधन कब्जाको उद्देश्यले शासकहरूलाई कठपुतली बनाउन आफैले आतङ्कवादी सङ्गठन बनाउने, त्यसबाट राष्ट्र अस्थिर बनाइदिने र त्यसैबाट राष्ट्रलाई जोगाउने नाममा सेना राखेर त्यहाँको श्रोत साधनमाथि कब्जा जमाउने गर्नथाल्यो । यदि कुनै सरकार कठपुतली बन्न इन्कार गरेको परिवेशमा अथवा राष्ट्रवादको थोरैमात्र झल्को आएको अवस्थामा फेरीपनि आतङ्कवादी गतिविधिद्वारा गृहयुद्ध मच्चाउने र सरकार अपदस्त गराउने गर्न थाले ।

यसै शिलशिलामा अमेरिकाले अफगान सरकार अलिकति आफ्नो खुट्टामा टेक्ने प्रयत्न गर्नेबित्तिकै खासगरी चीन र रुसको सहयोगमा काजकिस्तानबाट बिजुली ल्याएपछि अर्वौ अमेरिकी डलर बरावरको चिनियाँ लगानीमा ठूला ठूला उद्योगहरू स्थापना हुन थालेपछि चिढिएका अमेरिकाले निहुँ खोज्नकै लागि बिन लादेन अफगानी भूमिमा लुकेर बसेकोले उनलाई अफगानी सरकारले समातेर अमेरिकासामु सुपुर्दगी गर्न चेतावनी समेत दियो । तालिबान नेताहरूलाई अमेरिकी हस्तक्षेपको विरुद्ध राष्ट्रवादको बेमौसमी तर्कना चल्नथाल्यो १ र अमेरिकाकाकै गोद भित्र बसेर उनैकोबिरुद्ध राष्ट्रवादी देखिने एकाध उरण्ठ्यौला तर्कहरू निस्कनेबित्तिकै अमेरिकाले अलि अलि बल प्रयोग पनि गरे र प्रजातन्त्रको प्रत्याभूति गराउने नाममा कथित निर्वाचन पनि गरायो । १९०९ मे ५ मा भएको उक्त निर्वाचनमा अब्दुल्लाहा अब्दुल ले ४४.९ प्रतिशत मत ल्याएर राष्ट्रपति भए भने वर्तमान राष्ट्रपति विश्व बैङ्कका पूर्व गभर्नर असरफ घानीले ३१.५ प्रतिशत मल ल्याएका थिए । दोस्रो निर्वाचन सन् २०१४ सेप्टेम्बर २१ मा भयो, असरफ घानीको विजय भयो । अफगानी संस्थापनलाई अमेरिकाले उनीभित्र रहेको खनिज, जडीबुटी लगायतका संसाधन दोहन गर्नमा भरपुर प्रयोग गरेपनि यदाकदा त्यहाँ भित्र विद्रोह मच्चाउने विविध बहानाहरूको खोजीमा पनि रहन्थे त्यसैको निम्ति अमेरिकाले कहिल्यै इस्लामिकहरूको साना साना समूह बनाउनेदेखि बोकोहराम र आई एस आई सम्मको विग्रहहरूमा अमेरिकाले हात हालेर घानीलाई दुख दिइनै रहे । किनकि अमेरिकी नीति भनेकै गडबडी पैदा गराउने र सत्ताधारीहरुसंग त्यसको नाममा अनेकौँ अवसर लुट्नै नै थियो ।

त्यतिबेलापनि तालिबानहरुको सम्पर्क अमेरिकासँग थियो भन्ने कुरा संयुक्त राष्ट्रसङ्घको महासभामा घानीले गुनासोपनि पोखेका थिए । तर लामो समय गुमसुम रहेर पनि विगत पाँच वर्षदेखि इस्लामिक जेहादको नाममा आई एस आइ र बोकोहरामको नाममा विद्रोह गराएर केही सहरहरू कब्जा जमाउन लगाएर त्यसलाई दबाउने नाममा अमेरिकाले ठूलो धनराशीसंगै विध्वंसात्मक हतियारसमेत भित्र्याए । पचासौँ हजार सेना र युद्ध सामाग्री को आडमा पाकिस्तानका सिमाना जोडिने सहरहरूमा राति राति विध्वंसात्मक हवाई हमलाहरू हुन थाले । जति मरे पनि आतङ्कवादी मरेको दावा गरेर सिएन एन लगायतका सञ्चारमाध्यमहरूको चरम दुरुपयोग ग¥यो । आम नागरिकहरूमा अमेरिकाप्रति चरम असन्तुष्टि आम नागरिकमा फैलियो भने, त्यतिनैखेर अमेरिकासँग लडेर पराजित भएको भनिएको तालिबान आम नागरिककोमा पुगेर आफूलाई पुनसंगठित गर्न थाले । यद्यपी त्यो अमेरिका र तालिबान बीचको मिलेमतोकै एउटा अंश थियो । र अन्तिम अन्तिमतिरको युद्धमापनि ३४ वटा प्रान्त भएको देशमा १२ वटा प्रान्त कब्जामा लिउन्जेल अमेरिकी सेनाले हस्तक्षेप गरेनन् तर बग्दीश, वाल्कन र फराह प्रान्तमा आक्रमण गर्नेबित्तिकै तालिवानलाई विभिन्न अधिकारीहरूले भेटेको सूचनाहरू बाहिर आए । र सरकारी संयन्त्रहरूको अत्यधिक मानोबल गिर्न पुग्यो । पञ्जीर र पखान प्रान्तको ब्यारेकहरू आक्रमण गरेपछि त अमेरिकाले आफ्ना सैन्यसामाग्रीहरु सबै त्याग्दै ज्यान मात्र जोगाएर आओ भन्न थाले आफ्ना सेनाहरूलाई । र अन्तमा २ जुलाई २०२०मा डोनाल्ड ट्रम्पको सरकारले अफगानवाट सेना फिर्ता लाने घोषणा ग¥यो तर ५ जुलाई २०२० मा सेना फर्कँदा तालिवानहरुले कब्जा जमाएको वामियन विमानस्थल पु¥याईसकेको ३५लाख टन गोला बारुद र संयौंथरीको लाखौँ हतियार नै सबै त्यागेर फर्के भने ब्यारेक भित्र रहेका हतियारहरू त छदै थिए ।

यसरी एकातिर अमेरिकी सैन्य फर्केकोमा तालिबान उत्साहित थिए भने आम नागरिकमा पनि तालिवानले अमेरिकी साम्राज्यवादीलाई हराएको भन्ने गलत सन्देश पु¥याउन परोक्ष सहयोग मिल्यो । यसरी अमेरिकाले तालिवानलाई परोक्ष सहयोग गरेर २०२१ अगस्टको दोस्रो सातामा सत्ता कब्जा गर्ने अवस्था सम्म पु¥याए । यो तरिका अमेरिकाको उल्टो हानेर गोल छिराउने नयाँ तरिका थियो तर कसले बुझोस् ?

तालिवानी सत्ता विप्लवले असर कहाँ पर्न सक्छ र पाठ के सिक्ने ?

भ्रम के बेचिंदैछ भने तालिवादी क्रान्ति सफ क्रान्ति र माओवादी क्रान्ति असफल क्रान्ति, तालिवादी क्रान्ति राष्ट्रवादी क्रान्ति र माओवादी क्रान्ति राष्ट्रद्रोही क्रान्ति १ तालिवानी क्रान्तिले देशको संस्कार संस्कृति र पहिचान जोगाउँछ भने माओवादी क्रान्तिले धर्म संस्कृति र पहिचान सिद्ध्याउँछ ! माओवादी क्रान्तिले देश टुक्राउँछ भने तालिवानी क्रान्तिले देश जोड्छ !

यस्ता अनेकौँ फत्तुरहरू हामीले सुनिरहनुपरेको छ तर के यथार्थ यस्तै हो त ? के धार्मिक अतिवाद र घमण्डले देशको पहिचान जोगाउँछ ? समयानुकूल चेतनाको प्रतिनिधित्व गर्छ ? एकल आधिपत्य गर्दै अन्यलाई निषेध गर्दा लोकतन्त्रको मर्यादा कायम रहन्छ ? बहुमतको नाममा केवल आफ्नो मात्र एकाधिकार लाद्दा अल्पसंख्यकहरुले आफूमाथि राज्यको गैर जिम्मेवारीपन र राज्यद्वारा गरिने भेदभावको विरुद्ध विग्रहपूर्ण विद्रोहले भोलिको देशलाई कहाँ पु¥याउला ? यस्ता हजारौँ सवालहरू छन् ।

उनीहरू दलितलाई दलाउन नपाएकोमा, जनजातिलाई हेला गर्न नपाएकोमा, वर्ग, क्षेत्र, लिङ्गको आधारमा भेदभाव गर्न नपाएको आधारमा धर्मसंस्कृति र पहिचान हराएको गुनासो पोख्दैछन् । के मानवीयताभन्दा उनीहरुद्धारा कल्पित कथित पहिचान ठूलो हो ? के लाई पहिचान मान्ने ? शिल्पीको सीपलाई कुल्चँदै गफाडी गँजडीहरूको काल्पनिक तर्कहरूलाई निहुरिमुन्टा “न” गर्नुलाई पहिचान मान्ने ? भलै हामीले त्यसलाई पहिचान मानिहाल्दापनि त्यसद्वारा देशले पाउने उपलब्धि के ? त्यसैले यस्ता बिषयवस्तुहरुमा आँखा चिम्लँदै विद्यमानताको विरोध गर्नु भनेको पुरातन गयगुज्रेको फोहरको डंगुरमा पुग्नेछौँ त्यतिखेर पछुताउनुको विकल्प हुनेछैन । त्यसैले नकारात्मकताको विरोध गर्ने नाममा त्यसलाई विध्वंसात्मक होइन सिर्जनात्मक र यथार्थपरक र बहस केवल संवाद र विवादमुखी नभई निकासमुखी होओस् ।

जहाँसम्म उक्त सशस्त्र विद्रोहले कहाँ-कहाँ असर गर्न सक्छ ? भन्ने सवाल छ, अमेरिकाले मध्यपूर्वका देश भनेर जसलाई मानेको छ, इरान, इराक, टर्की लेबनान सिरिया, जस्ता देशहरूमा उनले चालिसौं वर्ष अगाडिदेखि आफ्नो पञ्जा विभिन्न नाममा गाडिरहेका छन् भने पाकिस्तान र खाडी मुलुकहरूमा पनि तेल र अन्य खनिज पदार्थको लोभले त्यहाँका विभिन्न समुदायका मानिसहरूलाई जम्मा गरेर अतिवादी सङ्गठनहरू बनाइरहेका छन् भने चीनका विभिन्न प्रान्तहरूमा उईगुर विद्रोह, तिब्बतका दलाई लामा, ताइवान प्रान्तको मामला लगायतका विभिन्न जाति क्षेत्र, समुदायका अतिवादीहरूलाई लामो समयदेखि उचालिरहेकै छन् । त्यस्तै नेपालमापनि त्यसको परोक्ष असर हिन्दु अतिवादीहरू, एकलजातीय ब्राम्हणवादीहरु लगायत अन्य समुदायलाई अनावश्यक र असान्दर्भिक सवालहरू बोकाएर विद्रोह सङ्गठित गरेर अस्थिरताको रचना गर्ने सम्भावना टार्न सकिँदैन ।

त्यसैले यो विद्रोहलाई राष्ट्रवादी ठानेर नेपालको माओवादी आन्दोलनलाई अन्यथा आरोपित गर्दै दुत्कार्दा तीन सय वर्षको अफगानिस्तानको समस्या हामीले लामो समय झेल्नुपर्ने, देश आफ्नो स्वाधीन अर्थतन्त्रबाट पराधीन र पराश्रित बन्नुपर्ने अवस्था आउने कुरामा नाइँ नास्ति गर्न सकिँदैन । त्यसैले नेता नीति र व्यवस्थाको आलोचना गर्दा यथार्थ तथ्यमा टेकेर तर्क गरौँ, सबैको कमी कमजोरीमाथि निर्मम बनौँ तर सार्थक बहस र छलफल बिना सोलोडोलो आलोचनाको निम्ति आलोचना गर्दा आफूलाई पुर्ने खाडल हामी आफै खनिरहेका हुन्छौँ ।

सारांश

क) तालिबान विद्रोह कुनै क्रान्तिकारी निकासको निम्ति वा परिवर्तनकारी योजना सिद्ध गर्नको निम्ति भएको रक्तपात होइन, त्यो केवल अमेरिकी हस्तक्षेपकारी योजना सिद्ध गर्न गरिएको अतंककारी सत्ता विप्लव मात्रै हो ।

ख) तालिवानी आन्दोलन अमेरिकी साम्राज्यवाद विरोधी शक्ति नभई अमेरिकी अतिक्रमणकारी योजना लागू गराउने, स्वदेशमा अस्थिरताको खेती गरेर विदेशी पल्काउने राष्ट्रघाती शक्ति मात्र हो ।

ग) तालिवानी आन्दोलनले जनताको गरिबी अशिक्षा र भोक रोगको विरुद्धको जेहादको प्रतिनिधित्व गर्दैन बल्की त्यसलाई बढवा दिएर आफ्नो कलुषित अतिवाद मात्र लाद्छ जसले समाजलाई पुरातनतिर डो¥याउँछ ।

घ) तालिवानी सत्ता विप्लवले अफगानी राज्यको स्थिरता, सुशासन, र स्वाधीनताको लक्ष हासिल गर्दैन बल्की अमेरिकी लुटतन्त्रको झण्डा झन् स्वच्छन्द प्रकारले फहराउनेछ ।

ङ) तालिवानी विद्रोह र नेपाली जनयुद्धको तुलना केवल फगत पानीमाथिको ओभानो बन्ने प्रतिकृयावादी चालबाजी मात्र हो, यसले देशको स्वाधीनता, स्वावलम्बीपना, स्थिरता, सुशासन को जनचाहानामाथि नकारात्मक योगदान पु¥याउँछ ।

-श्रीराम खाईजु

(भक्तपुर)

मितिः २०७८–०५–१२  शनिबार

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको