नवलपरासी जिल्लामा एन्टिजेन परीक्षणको अभियान सुरु; पहिलो दिनमा सात सय जना परीक्षण गर्दा सबैको रिर्पोट नेगेटिभ 

परासी, ९ भदौ । जिल्लाको कोभिडको पछिल्लो अवस्था थाहा पाउनको लागि एन्टिजेन परीक्षणको अभियान सुरु गरिएको छ । स्वास्थ्य कार्यालय नवलपरासी पश्चिमले जिल्लाको पछिल्लो अवस्था थाहा पाउनको लागि एटिन्जेन परीक्षणको अभियान आजदेखि सुरुवात गरेको हो । कार्यालयले पहिलो दिन जिल्ला प्रशासन कार्यालय र रामग्राम नगरपालिकामा सेवाग्राहीले सेवा लिन आएका सेवाग्रहीहरुलाई एटिन्जेन परीक्षण गरिएको स्वास्थ्य कार्यालय प्रमुख कृष्णप्रसाद पोखरेलले जानकारी दिए ।

सेवा लिन आएका सेवाग्रहीहरुलाई कोभिड-१९ संक्रमण रहेको छ की छैन भनी एटिन्जेन परीक्षण सुरुवात र जिल्ला कोभिड-१९को संक्रमण कस्तो आम नागरिक फैलावट कति रहेको भन्दै परीक्षण अभियानको सुरुवात गरिएको पोख्रेलले बताए । उनको समुदायस्तरमा कोभिड संक्रमाणको नतिजा दिने हिसाबले परीक्षणको अभियान सुरु गरिएको बताए । यो अभियान एक हप्तासम्म निरन्तर संचालन हुने बताउँदै यस अभियानपरीक्षणको दायर बढाएर जिल्लामा कोभिड अवस्था कस्तो रहेको समुदायस्तरमा कति फैलिएको पत्ता लगाउने उद्देश्यले यो अभियान संचालन गरिएको प्रमुख पोखरेलले जानकारी दिएका छन् ।

उक्त अभियान क्रमशः सुनवल र बर्दघाट नगरपालिका, पाल्हीनन्दन गाउँपालिका, सरावल गाउँपालिका, प्रतापपुर र सुस्तागाउँपालिकामा संचालन हुने पोखरेलले बताए । केन्द्रको सिसीएमसीले जिल्लामा ग्रेडिङ्ग गर्न निर्देशन आएअनुसार यो अभियानले स्कुल खोल्न मिल्ने र हाटबजार खोल्न मिल्न छ की छैन भनेर प्रमाणित हुने भएकोले बताउँदै जिल्लामा स्मार्ट लकडाउन संचालन गर्न यो अभियान सशक्त हुने विश्वास व्यक्त गरेका छन् ।

अभियानको पहिलो दिनमा प्रशासन कार्यालयमा सेवा लिन आएका ४०० जना सेवाग्राही र रामग्राम नगरपालिकामा सेवा लिन आएका ३०० जना गरी ७०० जना सेवाग्रहीहरुलाई एन्टिजेन परीक्षण गरिएको प्रमुख पोखरेलले बताए । ती सबै ७०० जनाको एन्टिजेन परीक्षणको रिर्पोट नेगेटिभ आएको स्वास्थ्य कार्यालय नवलपरासी पश्चिमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको