‘संसद् जीवित रहनु संविधान अनुसार’

मोरङ, २३ साउन । नेकपा एमाले  का महासचिव शङ्कर पोखरेलले निर्वाचनको घोषणा पश्चात् संसद् जीवित रहनु संविधानअनुसार भएको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले संसद्लाई अहिले कुनै बिजनेस दिनु गलत भएको धारणा राख्नुभयो । उहाँले अदालतमा समस्या एवं विकृति धेरै रहेकाले त्यसको पूर्ण सुधार हुनु आवश्यक रहेको बताउनुभएको हो । पोखरेलले मुलुकको विकास र समृद्धिका लागि गठबन्धन आवश्यक नरहेको चर्चा धारणा  व्यक्त  गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको