जलथल जङ्गल एक अनौठो बन

काठमाडौँ, २९ असार। भौगोलिक अवस्था र वनस्पतिहरूको चरित्रका आधारमा देशका अन्य वनक्षेत्र भन्दा विशिष्ट रहेको जलथल जङ्गललाई संरक्षण क्षेत्र बनाउनु पर्ने प्रथम आवश्यकता छ । यो वन जङ्गल अरू भन्दा निकै फरक र अनौठो रहेको विज्ञहरूको दाबी छ ।

नेपालमा रहेका वन क्षेत्रभित्र पाइने जैविक विविधताको विनाश हुँदै गएपछि त्यसको संरक्षण र व्यवस्थापनतर्फ नेपाल सरकारले चासो देखाएको छ । जङ्गलमा पाइने माइकेनिया, बनमारालगायतका मिचाहा प्रजातिले पुनः उत्पादन भएका वनस्पतिलाई हुर्कन नदिने गरेको विज्ञहरू को टिप्पणी छ । यहाँ का वन समूहले कार्ययोजनामा नै यस्ता मिचाहा प्रजातिलाई उन्मूलन गर्ने गरीको कार्ययोजना बनाएर काम गरिरहेका छन् । ऐतिहासिक जलथल जङ्गल मा विभिन्न वन्यजन्तु र बोटबिरुवा पाइन्छ क्रमशः

१) हाल जलथल लगायत नेपालभरि आकर्षक फुलमा फुल्दै गरेको एक वनस्पति रानी खिर्रो (Wrightia arborea), अंग्रेजी नाम: Woolly Dyeing Rosebay, बनस्पतिक परिवार : Apocynaceae १० मिटर सम्म आगो रुख हुने यो वनस्पतिमा पात र बोक्राबाट खिर्रोको जस्तै सेतो चोप निस्कन्छ ! यसका पातहरू हाँगाका आँख्लामा एक अर्काको विपरीत हुने गरी पलाउँछन् । यसमा १०-१२ इन्चसम्म लामा कोसा लाग्छन् । नेपालमा तराई देखि १००० मिटरको उचाईसम्म यो वनस्पति पाइन्छ । नेपाल र भारतमा यसको फलभित्र २ वटा बिउको बिचको नरम भागलाई पेट फुल्दा र दुख्दा खाने चलन छ ।

२) फलामे: वैज्ञानिक नाम Syzygium formosum (Wall.) Mason पूर्वी नेपालमा चुरेको फेदी र जलथल लगायतका स्थानमा पाइने यो वनस्पतिको १० मिटर सम्म अग्लो रुख हुन्छ। खोल्सा खोल्सी नजिक अलि बलौटे माटो भएको ठाउँमा हुर्कने यो प्रजाति वर्षैभरि पानी जम्ने ठाउँमा समेत बाच्न सक्छ। यसका पातहरू बाक्ला, चिल्ला र ३० सेमी सम्म लामा हुन्छन् र हाँगामा एकै ठाउँ बाट ३ वटा सम्म पात हरू निस्कन्छ । ठुलो सेतो सुगन्धित फुल फुल्ने यो बिरुवाको पाकेका फलहरू खाइन्छ । वनस्पति वर्गीकरण अनुसार यसको र जामुन फँडिरको जात एउटै हो । भारत र भुटानमा यसको खेती समेत गरिन्छ। नेपाल पूर्व दक्षिण पूर्वी एसियाको जङ्गलमा पाइने यो वनस्पतिको जडिए स्टेंटनले ५ दशक पहिले सङ्कलन गरेको नमुना बाहेक अरू नमुना सङ्कलन गरेको/प्रजातिको अध्ययन गरेको जानकारीमा छैन। नेपालको वन श्रोत सर्वेक्षणले समेत यो वनस्पति भेट्टाएको बुझिँदैन ।

३) बन फर्सी: वैज्ञानिक नाम: Hodgsonia macrocarpa Cogn. , अंग्रेजी नाम : pig fruit or ribbed melon घिरौँला-लौका परिवार (Cucurbitaceae) अन्तर्गत पर्ने यो प्रजातिको लहरा ३० मिटरसम्म लामो हुन्छ । इन्देणीको लहरा जस्तै देखिने यसका पात तीन खण्डे तर अलि बाक्ला र दरा हुन्छन्। एउटा फल २ किलो सम्म हुन्छ । फल र बिउ निकै तितो हुन्छ ! पूर्वी नेपालमा अभिलेख गरिएको यो वनस्पति नेपाल लगायत भारत, बङ्गलादेश, भुटान, बर्मा लगायत दक्षिण पूर्वी एसियाका उष्ण प्रदेशीय जङ्गलमा पाइन्छ । यसको सुकेका बिउ पेट दुखेमा र अपचमा प्रयोग गरिन्छ । वन फर्सी भनिएता पनि खेती गरिने फर्सी संग यसको सम्बन्ध नजिकको हैन, खेती गरिने फर्सी मेक्सिको र अमेरिकाको दक्षिणी भागको रैथाने हो ।

४) स्वारी फुल-अंग्रेजी नाम- Nepal trumpet flower, वैज्ञानिक नाम-Beaumontia grandiflora. २० मिटर सम्म लामो हुने यो लहरा नेपालमा १४०० मिटर उचाई सम्म नदी किनार र चिस्यान भएको ठाउँमा पाइन्छ ।तराइमा भने यो फाट्टफुट्ट मात्र भेटिन्छ । ठुला, सेता र आकर्षक फुलको कारणले यसलाई सजावटको लागी खेती समेत गरिन्छ ।

५) ढेंडु झुला: Alphonsea ventricosa (Roxb.) Hook. f. & Thomson २० मिटर सम्म अग्लो हुने यो रुख नेपालको पूर्वी भागबाट अभिलेख गरिएको छ । यसका फलहरू साउन भदौ तिर पाक्छन् र खाइन्छ । यसलाई ठेकिफल पनि भनिन्छ (वनस्पति विभागको अनुसार) तर जलथलमा ढेंडु झुला नै भनेर बुझिन्छ ।

६)हालै सम्पन्न वन सर्वेक्षणको क्रममा जलथलमा उन्यूका दुई दुर्लभ प्रजाति भेटिएका छन्। यी दुवै प्रजाति लहरा हुन्छन् ! दुर्लभ वनस्पतिको संरक्षण गरौँ ! तस्बिर पहिलो- Lygodium microphyllum र दोस्रो – Stenochlaena palustris.

७) जलथल वनका केही गहना: हात्ती र चित्तल ।

८) दुर्लभ वनस्पति थाकल (Cycas pectinata) विविध कारणले सङ्कटमा पर्दै छ । मिचाहा प्रजातिहरूको कारणले पनि थाकललाइ धेरै असर पारेको छ । सिधा हुन पर्ने रुख पुरै बाङ्गिएको छ प्यान्ग्री लहराको कारणले ।

९) Common Hoopoe (Upupa epops) फाप्रे चरा यो आकर्षक चरा विशेषत जाडो तथा वसन्त याममा तराईमा झर्ने गर्दछ । जलथल जङ्गल मा भेटिएको थियो।

१०) जलथल क्षेत्रमा फुल्ने गरेको सुनाखरीको एक प्रजाति ! यो प्रजाति रुखमा सामान्यतया २५ फिट भन्दा माथि पाइन्छ ) ( वैज्ञानिक नाम Acampe praemorsa)

(पुन: प्रकाशन)

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको