बुलबुलेले सुर्खेत चिनाएको छ, सुर्खेतीले बुलबुले बचाउनु पर्छ 

•  रमेश विश्वनाथ

परियोजनाको कामले सुर्खेत आउन पाउने अवसर जुट्यो । यसै पनि नयाँ ठाउँ, नयाँ परिवेश अनि नयाँ मान्छेसँगको भेट मेरा लागि सधैँ विद्यालय जस्तो लाग्छ, धेरै कुरा सिक्नका लागि । मैले हतारिएर घरमा पनि भने सुर्खेत जादैछु एक हप्ताका लागि । उताबाट बुबाले भन्ने भयो देउती बज्यै र बुलबुले ताल पनि त्यै होइनरु त्यहाँ घुमेर मात्रै आउनु है । म आफूलाई पनि धेरै कौतुहलता थियो, कस्तो होला बुलबुले ताल, कस्तो होला देउती बज्यैको मन्दिर । देउती माई नभनेर बज्यै किन भनेको होलारु ताललाई अरू नामा नदिएर किन बुलबुले भनेको होलारु यस्ता प्रश्न अनि त्यसका सम्भावित उत्तर आफै खोजिरहेको थियो मन ।

भलै परियोजनामा काम गर्दा कैलेसम्म काम गर्न पाइन्छ भन्ने निश्चित हुन्न तर काम गरुन्जेल आएका विभिन्न अवसरले यतै रमाउने बनाइदिन्छ । तिनै अवसर मध्यको थियो सुर्खेत भ्रमण । एक त कर्णालीको राजधानी अर्को बुलबुले तालको सहर । म पूर्व ताप्लेजुङको मान्छे, सुर्खेत भन्दा बुलबुले चिन्छु अनि बुलबुले भन्दा सुर्खेत ।

सुर्खेत आउने कामको उद्देश्य त छदै थियो, त्यो भन्दा बाँकी रहेको समयलाई बुलबुलेमा लगेर पोख्ने मन थियो, देउती बज्यैकोमा गएर दर्शन गर्ने अनि अर्को नयाँ गन्तव्य काक्रे विहार जाने तय थियो । बुलबुले जान अत्यन्तै सहज रहेछ किनकी यो मुख्यबाटोको छेवैमा पर्छ ।

आफू बसेको होटेलबाट मंगलगढी चोक हुँदै बुलबुले ताल पुगियो । रु. १० को टिकट काटे पछि भित्र छिरियो । मनले जे सोचेको थियो बुलबुले अर्कै भइदियो त्यहाँ पुगेपछि । मूल बाटोबाटै दुबैतीर रुखका पर्खाल, कर्णाली राजमार्गबाट नजिकै तर जुन आकर्षण मनमा थियो त्यो एकाएक हराएर गयो । भर्खरै रङ्ग लगाइएको पर्खाल भित्र एउटा पानीको पोखरी जहाँ पानी बुलबुल गरेर उम्लिरहेको थियो । अनि त्यसको वरिपरि वरका पिपलका अनि स्वामीका ठुला ठुला रुख । उम्लिरहेको पानीको निकास दुईतीर रहेछ । एकातिर पुरुषहरूका लागि नुहाउने स्थान र अर्को तिर महिलाहरूका लागि । महिलाहरूले नुहाउने स्थान केही बारिएको थियो भने पुरुषहरूले नुहाउने स्थान खुल्ला थियो । कट्टु लगाएर आफ्नो मयल माड्न मस्त पुरुषहरू घुम्न आउने सबैलाई हेर्दै गिज्याइरहेको जस्तो लागिरह्यो । हेर तैँले सोचेको बुलबेले यै हो । हामी बुलबुलेको पनि छुन त्यसलाई एक घुटुक्क मार्न भनेर लालायित भएका मान्छेहरू त्यो दृश्य देखेर अचम्मित भइरहेका थियौ । साँच्चै यो प्रसिद्ध बुलबुले हो जहाँ खुल्ला स्थानमा मान्छेहरू नुहाइरहेका छन्, लुगा धोइरहेका छन्रु बुलबुलेलाई ताल रुवरुप दिन अलि दक्षिण तर्फ एउटा ठुलो क्षेत्रमा कृत्रिम ताल बनाइदैरहेछ । भलै त्यो निर्माणाधीन छ तर त्यहाँको फोहोर देख्दा लाग्थ्यो कि विरेन्द्रनगरको सबै फोहोर त्यही जम्मा छ । भित्र रहेको पार्कमा पनि देखिएको फोहोर हेर्दा लाग्थ्यो कि सबै मान्छे त्यहाँ फोहोर गर्न पाए आफूलाई बहादुर ठान्छन् ।

प्रकृतिले दिएको अनुपम उपहार यसरी लाचार भएको देख्दा साह्रै पिडा भयो । अब त स्थानीय तह आएको छ चाह्यो भने त्यसले के पो गर्न सक्दैन होला । किन नचाहेको होलारु मनमा प्रश्न उठ्यो । गर्न त खोजेको पनि देखियो । तर समग्र सुर्खेतको पहिचान भएको बुलबुले यस्तै मात्रै हुन पर्ने हो तरु नेपालमा आन्तरिक पर्यटनको प्रशस्त अवसर भइरहेको बेला यसरी घुम्न आएका व्यक्तिहरू नै उक्त स्थानको ब्रण्ड एम्बेस्डर हुन । अनि यस्तो बुलबुलेलाई के भनेर सुनाउँदा हुन अरूहरूलाईरु मनमा चस्स भयो ।

मन मनमा सोचे सायद म यस विरेन्द्रनगरको मेयर भएको भए बुलबुलेका लागि केही त गर्थेहोला, मन मनमा योजनाहरू बन्दै गएः

१. तत्काल बुलबुले भित्र नुहाउने र लुगा धुने काम हटाउने थिए,

२. टिकटदर १० बाट ५० गर्थे, अनि अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, विद्यार्थीलाई छुटको व्यवस्था गर्थे,

३. नयाँ बन्दै गरेको कृत्रिम ताल वरपर आफ्नो नाममा योजना अनुसारको रुख तथा बिरुवा रोप्न र त्यसको हेरचाह आफै गर्न व्यक्तिहरूलाई आव्हान गर्थे,

४. पार्क भित्र प्लास्टिक लैजान निःशेष गर्थे,

५. पार्क भित्र एउटा ठुलो हल बनाउँथे र त्यहाँ घुम्न आउने व्यक्तिहरूलाई अनिवार्य १० मिनेटको एउटा डकुमेन्ट्री देखाउने प्रावधान गर्थे । सुर्खेतका प्रसिद्ध स्थान, त्यसको महत्त्व, विशेष जानकारी, इतिहास झल्काउने तयारी डकुमेन्ट्री त्यहाँ नियमित प्रोजेक्टरबाट देखाउन व्यवस्था गर्थे,

६. पार्क व्यवस्थापन गर्न कामका आधारमा पारिश्रमिक दिनेगरि कर्मचारी नियुक्ति गर्ने व्यवस्था गर्थे,

७. पार्कको आम्दानी बढाउनका लागी २५–५० जनासम्मको मिटिङ मात्रै गर्न मिल्ने हल तयार गरी त्यसको व्यवस्थापन गर्न लगाउँथे, त्यसका अतिरिक्त सुटिङ गर्दा, फोटो सुट गर्दा थप शुल्क लिने प्रावधान गर्थे,

८. कर्णालीको परिचय झल्कने संग्राहालय तयार गरी कर्णाली प्रदेशका १० वटै जिल्लालाई आग्रह गरी आफ्नो जिल्ला झल्कने कोठा व्यवस्थापन गर्न आव्हान गर्थे । उक्त संग्राहलय व्यवस्थापन गर्नका लागि त्यहाँ दृश्यावलोकन गर्दा अतिरिक्त शुल्क लिने प्रावधान गर्थे

९. मद्यपान, धुम्रपान सेवन वर्जित गर्थे,

१. बन्दै गरेको कृत्रिम तालमा पानी भर्ने, सरसफाइ गर्ने, त्यहाँ बल्छी खेल्न निःषेध गर्ने, कमलका फुल रोप्ने र त्यसमा चौधरी समुदायले तयार गरेको परम्परागत ढुङ्गा संचालन गर्थे ।

११.  विभिन्न स्थानमा सुझापेटिका राख्ने र त्यसका लागि एउटा समिति बनाएर त्यसबाट आएको सुझावका आधारमा योजनाहरू तयार गर्ने व्यवस्था गर्थे,

१२. नेपालकै पहिलो पूर्ण अपाङ्गता मैत्री पार्कको रूपमा यसलाई चिनाउने प्रयास गर्थे,

१३. पार्क भित्र हरेक महिना निःशुल्क काव्यात्मक गतिविधि गर्न आव्हान गर्थे ।

पहिलो पटक यती गरेपछि अन्य योजनालाई दोस्रो चरणमा गर्ने थिए ।

बुलबुले सुर्खेतको पहिचान हो त्यसैले सुर्खेतीले बुलबुलेलाई बचाउनु पर्छ भन्ने सोच्दै त्यहाँबाट फर्के । म सबैलाई सुर्खेत आउँदा बुलबुले, देउती बज्यैको मन्दिर अनि काक्रे विहार आउन आग्रह पनि गर्दछ ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको