देशभक्ति

देशभक्ति

स्वतन्त्र अखण्ड देश र जनताको हित जानी,
बगाए रगत देशका लागि कर्तव्य आफ्नो ठानी ।।

सपुत देशका प्राणको बाजी लगाउने बलिदानी ,
बैरीका सामु नझुक्ने कहिल्यै शूरा स्वाभिमानी ।।
सात दशकसम्म लड्ने योद्धा थिए वीर महाज्ञानी,
बगाए रगत  ……..

बैरीले धावा बोल्छ जब-जब छोड्छ वीर सिरानी,
रिसको ज्वाला शान्त पार्छ जब बन्छ  शत्रु खरानी ।
चाहे युद्ध परोस कुमाऊ गढवाल चाहे नालापानी,
बगाए रगत ………

बारूदका गोला बर्सा गर्थे दुश्मन निशाना तानी,
प्रतिकार गर्थे ढुङ्गा बर्साई मार्थे छानी छानी ।
हिम्मत हारेनन् शत्रुदेखि गरे  मुहान बन्द पानी,
बगाए रगत ………

शत्रुको शीर गिँडदै  गर्दा भन्थे जय हो गोरखकाली ,
चण्डमुण्ड झैँ ताण्डव गर्थे सिपाही वीर गोर्खाली ।
झुकेनन् अरूका सामु शरीर त्यागे भै स्वाभिमानी  ,
बगाए रगत  ……..

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको