ज्योति विकास बैंकको “ज्योति स्मार्ट सेभिङ्ग्स” बचत खाता

काठमाडौं, १७ साउन । ज्योति विकास बैंकले सेयर बजारमा लगानी गर्न इच्छुक नयाँ लगानीकर्ताहरूलाई लक्षित गर्दै शून्य मौज्दातमा बचत, हितग्राही खाता (डिम्याट खाता) र मेरो सेयर लगायतको ३ वटै सुविधा भएको ज्योति स्मार्ट सेभिङ्ग्स बचत योजना सार्वजनिक गरेको छ।
बचत संगसंगै डिम्याट खाता र मेरो सेयर सुविधा लिई लगानी गर्न सहज तथा सरल गराउने उद्देश्यले ग्राहकहरूको लागि ज्योति स्मार्ट सेभिङ्ग्स खाता सञ्चालनमा ल्याइएको हो।

बैंकको अनुसार यस बचत खातामा ग्राहकहरुले शून्य मौज्दातमै निःशुल्क डिम्याट खाता र पहिलो वर्षको सेवा शुल्क, निःशुल्क मेरो सेयर रजिस्ट्रेशन शुल्क, निःशुल्क सि–आस्वा, निःशुल्क मोबाइल बैंकिंङ्ग सेवा, निःशुल्क इन्टरनेट बैंकिंग सेवा र निःशुल्क डेबिट कार्डको सेवा सुविधाहरू पाउन सक्नेछन् ।

यसका साथै बचत खातामा महिला निक्षेपकर्ताहरुको लागि ज्योति लकर सुविधाको वार्षिक सेवा शुल्कमा ५०% छुट र धितो रकममा ३०% छुटको सुविधाहरू पनि रहेका छन्।ज्योति स्मार्ट सेभिङ्ग्स खाता बैंकको सम्पूर्ण १०५ शाखाहरू र अनलाइन मार्फत् पनि खोल्न सकिने बैंकले जनाएको छ ।

ज्योति विकास बैंक ग्राहक केन्द्रित भई ग्राहकहरूको आवश्यकता र मागहरुलाई अनुसरण गर्दै नवीनतम सुविधाहरू ल्याई ग्राहकहरूको बैंकसंगको कारोबारलाई थप दीर्घकालीन र प्रभावकारी बनाउन सक्रिय रहँदै आएको छ।  ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा मार्फत सेवा उपलब्ध गराउँदै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको