झिनो अंकले बढ्यो नेप्से, ६ कम्पनीको शेयरमूल्यमा १० प्रतिशतले वृद्धि

काठमाडौं, १७ साउन । साताको कारोबारको पहिलो दिन आज नेप्से सामान्य अंकले वृद्धि भएको छ । आज नेप्से १ दशमलव २५ अंकले बढेर ३ हजार ८१.५ विन्दुमा थामिएको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव २४ अंकले बढेर ५७२ दशमलव १५ विन्दुमा रोकिएको हो ।

नेप्सेको अनुसार आज २२६ कम्पनीको १ लाख १७ हजार ४९० पटक शेयर कारोबार भएर १२ अर्ब १० करोड ३८ लाख ७१ हजार ८६२ रुपैयाँ बराबरको ३ करोड ३४ लाख २ हजार ३५२ कित्ता शेयर खरिद बिक्री भएको छ ।

नेप्सेको अनुसार आज ६ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको हो । १० प्रतिशतले शेयरमूल्य बढ्ने कम्पनीहरूमा आज सिनर्जी पावर डेभलपमेन्ट, कालिका पावर कम्पनी, घलेम्दी हाइड्रो, युनिभर्सल पावर कम्पनी, ग्रिनलाइफ हाइड्रोपावर कम्पनी र जीवन विकास लघुवित्त वित्तीय संस्था रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको