मनकामना स्मार्ट लघुवित्तको आइपीओ सूचीकृत

काठमाडौं, १७ साउन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज मनकामना स्मार्ट लघुवित्तको आइपीओ सूचीकृत भएको छ । कम्पनीले आज दोस्रो बजारमा कारोबारका लागि आइपीओ सूचिकृत सम्झौता समेत गरेको छ । मनकामना स्मार्ट लघुवित्तको तर्फबाट अजय गोयन्का र नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले संयुक्त रूपमा सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

कम्पनीले पहिलो शेयर कारोबारका लागि न्यूनतम प्रतिकित्ता ११० रुपैयाँ ८४ पैसा र अधिकतम ३३२ रुपैयाँ ५२ पैसा सम्म रेञ्ज पाउने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको