प्रदेश सकारले स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन पूर्वाधार निर्माणमा जोड दिनु पर्ने मन्त्री चौधरीको भनाइ 

परासी, १३ साउन । लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले प्रदेश सकारले स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन अस्पतालहरूको पूर्वाधार निर्माणमा जोड दिएको बताएका छन् । मन्त्री चौधरीले अस्पतालमा पूर्वाधार अभावको कारणले कठिनाइ भएको भन्दै पूर्वाधार निर्माणमा जोड दिएर सेवालाई सहज बनाउने बताए ।

आज पश्चिम नवलपरासी रहेको पृथ्वी चन्द्र अस्पतालको परिसरमा नवनिर्मित भवनको शिलान्यास गदै मन्त्री चौधरीले प्रदेश सरकारले पहिलो प्रथमीकता राखेर व्यवस्थित भवन बनाउने नीति अनुरूप काम गरिरहेको बताए । सरकारको प्रवक्ता समेत रहेका मन्त्री चौधरीले सामाजिक सेवामा स्वास्थ्य र शिक्षा विशेष जोड दिएको बताए । उनले भारतीय दूतावासले निर्माण गरेको भवन पर्याप्त नभएकाले थप सेवामा दिन नसकेको र नयाँ भवन निर्माणले स्वास्थ्य सेवामा सहजको अनुभूति हुने विश्वास व्यक्त गरेका थिए ।अस्पतालको निर्माण सम्पन्न भएपछि परासीको मुहार फेरिने र स्थानीय जनताले सहज सेवा सुविधा प्राप्त गर्ने मन्त्री चौधरीले बताए।

अस्पतालमा पर्याप्त भवन नहुँदा सेवा प्रभावमा कठिनाइ भइरहेको बेला प्रदेश सरकारले अस्पताललाई ५० शय्याको भवन निर्माण गर्नको लागि १३ करोड ६६ लाख ८८ हजार बजेट विनियोजन गरेको अस्पतालले जनाएको छ । उक्त भवनको क्षेत्रफल १७३७ वर्ग मिटर रहेको अस्पतालका विकास ‘समितिका अध्यक्ष जगदशि चौधरीले बताए ।  उक्त भवनको ठेक्का श्याम सुन्दर एन बि जेबी नयाँ वानेश्वर काठमाडौँले लिएको छ ।

भवन निर्माण सम्पन्न गर्न २०८० असार २९ सम्मको समयावधि तोकेको छ ।  यस्तै भारतीय दूतावासले निर्माण गरेको एक तल्ले भवनको माथिको तल्लामा ट्रस निर्माण गर्न अस्लिन कन्स्ट्रक्सन भक्तपुरले १ करोड २६ लाख ८० हजारमा ठेक्का निर्माण गर्ने जिम्मा लिएको अस्पतालका अध्यक्ष चौधरीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको