‘आक्रोश’ को छायांकनमा घाइते भए बिराज भट्ट

काठमाडौं, १२ साउन । नेपाली फिल्मका एक समयका चर्चित अभिनेता बिराज भट्ट सुटिङको क्रममा घाइते भएका छन् । भोजपुरी फिल्म ‘आक्रोश’ को छायांकनको क्रममा आफू घाइते भएको बिराज आफैले सामाजिक संजाल फेसबुकमार्फत जानकारी दिएका हुन् । उनको सुटिङको क्रममा घुँडामा चोट लागेको र भित्र रगत जमेकोले २० दिन आराम गर्न डाक्टरले सल्लाह दिएअनुसार उनी हाल आराम गरिरहेका छन् ।

निषेधाज्ञा खुकुलो भएपछि ‘आक्रोश’ फिल्मको सुटिङको लागि लखनउ पुगेका विराजलाई चोट लागेपछि छायांकनको काम रोकिएको छ । नेपाली फिल्ममा चर्चित भएका बिराज भोजपुरी फिल्ममा गुपचुप छिरेका थिए ।

उनले लेखेका छन्, ‘एक्सन सिन गर्दा सामान्य घाइते भएको अवस्था हो । तपाईँहरूको मायाले क्रमिक सुधार हुँदै गइरहेको जानकारी गराउन चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको