मेगा बैंक र नागरिक एपको सहकार्य

काठमाडौं, १२ साउन । मेगा बैंक नेपाल लिमिटेड र नेपाल सरकारको नागरिक एपबीच सहकार्य भएको छ । नागरिकलाई हातहातमै सरकारी सेवा उपलब्ध गराउने उद्देश्यले सरकारले सार्वजनिक गरेको नागरिक एपसँग मेगा बैंकले सहकार्य गरेको हो ।

डिजिटल नेपाल फ्रेमवर्क अन्तर्गत यो नेपाल सरकारको महत्त्वपूर्ण कार्यक्रम भएकोले मेगा बैंकले सहयोगी हातको भूमिका खेली हरेक नागरिकलाई प्रविधिमार्फत सरकारी सेवाहरू सर्वसुलभ ढङ्गले मोबाइलबाटै प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ ।

मेगा बैंकका डिजिटल एण्ड इबैंकिङ विभाग प्रमुख विश्व सिंहका अनुसार, नागरिक एपको प्रयोग गरी सजिलै खाता खोल्न सकिन्छ । साथै, नागरिक एप प्रयोग गरी मेगा बैंकका ग्राहकहरूले प्रविधिमार्फत सरकारी सेवाहरू सर्वसुलभ ढङ्गले मोबाइलबाटै प्राप्त गर्न गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको