पछिल्लो २४ घन्टामा नेपालमा ३४ सय संक्रमित थप, २५ जनाको मृत्यु

काठमाडौं, ११ साउन । नेपालमा कोरोना संक्रमणदर फेरी बढ्न थालेको छ । आज २४ घन्टामा कोरोना भाइरसका ३ हजार ४ सय २१ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ६ लाख ८२ हजार ९ सय ४७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज १ हजार ६ जना ८२ संक्रमणमुक्त भएका छन् । हालसम्म ६ लाख ४५ हजार ३ सय १ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार २४ घन्टामा १७ हजार २७२ जनालाई कोरोना परीक्षण गर्दा २३९१ जना पिसीआर र १०३० जना एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणबाट आज थप २५ जनाको मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेको संख्या ९ हजार ७ सय ३८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको