हिमालयन क्यापिटल लिमिटेडद्वारा लगानीकर्ताहरूलाई नयाँ वर्षको अवसरमा बिशिष्टकृत लगानी व्यवस्थापन सेवा

काठमाडौं, ३० पुस । हिमालयन क्यापिटल लिमिटेडले सर्वसाधारण लगानीकर्ताहरूलाई लगानी सम्बन्धी विभिन्न बिशिष्टकृत सेवाहरू प्रदान गरिरहेकोमा पुनश्च: नेपालको पुँजी बजारको एक नवीन अभ्यासका रूपमा ग्राहकले नेप्सेमा नयाँ लगानी गर्दा प्राप्त हुनसक्ने प्रतिफलमा आधारित हिमालयन “अल्फा” र ग्राहकको यथास्थितिमा रहेको पोर्टफोलियोमा प्राप्त हुनसक्ने प्रतिफलमा आधारित हिमालयन “सिग्मा” नामका लगानी व्यवस्थापन योजनाहरू विकास गरेको छ ।

हिमालयन “अल्फा” योजनामा हिमालयन क्यापिटलले ग्राहकको लगानीमा वार्षिक रूपमा सिर्जना गरेको प्रतिफललाई सोही अवधिमा नेप्सेले प्रदान गरेको प्रतिफलसंग तुलना गरिनेछ भने हिमालयन “सिग्मा” योजनामा हिमालयन क्यापिटलले ग्राहकको लगानीमा वार्षिक रूपमा सिर्जना गरेको प्रतिफललाई लगानीकर्ताले सुरुमा हस्तान्तरण गरेको धितोपत्रको पोर्टफोलियोले प्रदान गरेको प्रतिफलसंग तुलना गर्ने संस्थाले जनाएको छ।  हिमालयन संस्थाको अनुसार क्यापिटलले ग्राहकको लगानीमा नेप्सेले वा ग्राहकले हस्तान्तरण गरेको पोर्टफोलियोले प्रदान गरेको प्रतिफल भन्दा बढी प्रतिफल सिर्जना गर्न नसकेमा ग्राहकले अतिरिक्त सेवा शुल्क बुझाउनु पर्ने छैन ।


प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको