रौतहट प्रतिबन्धित लागूऔषधसहित युवक पक्राउ

रौतहट, २९ पुष। प्रतिबन्धित लागूऔषधसहित रौतहटबाट एकजना युवक पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय चन्द्रपुरबाट खटिएको नियमित गस्ती टोलीले बिहीबार चन्द्रपुर नगरपालिका वडा नं. ५ स्थित थलही टोलबाट २० वर्षीय सुमन वि.कलाई पक्राउ गरेको हो ।

शङ्कास्पद गतिविधि देखिएपछि विकलाई शङ्काको आधारमा चेकजाँच गर्दा डाइजेल्याव इन्जेक्सन आइपी २ एमएलको ३८ थान, बुपरेनोफिन इन्जेक्सन आईपी २ एमलको ३६ थान, आरएक्स प्रोमेथराजिन हाइड्रोक्लोराइड इन्जेक्सन आइपी फेनेरगन २ एमएलको ३९ थान र नाइट्राभेट ट्याब्लेट ३२ थान विकको साथबाट फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटको प्रवक्ता डिएसपी सुनिल मल्लले जानकारी दिएका छन् ।

पक्राउ परेका वि.कलाई लागूऔषध ओसारपसार ऐनअनुसार अनुसन्धान भइरहेको रौतहट प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको