निम्बसले जित्यो कर्पोरेट उत्कृष्ट एचआरएम अवार्ड

काठमाडौ, २९ पुस । निम्बसले कर्पोरेट उत्कृष्टताको लागि कृषि उद्यम समूहमा एचआरएम अवार्ड फर कर्पोरेट एक्सीलेन्स २०२१ प्राप्त गरेको छ । काठमाडौंमा हालै आयोजित विशेष समारोहका बिच आयोजित प्रथम  ‘द एचआरएम अवार्ड फर कर्पोरेट एक्सिीलेन्स २०२१’ मा निम्बसले उक्त उपाधि हात पारेको हो ।

अवार्ड जितेपछि कम्पनीको अनुपम र प्रगतिशील विकाशका साथै समग्र नेपालको कृषि क्षेत्रमा पु¥याएको योगदानलाई सम्मान गरेको निम्बसको भनाई छ । निम्बसका कार्यकारी अध्यक्ष आनन्द बगरियाले निम्बसले कृिषजन्य उद्योग मार्फत कर्पाेरेट संस्कारको सुरुवात गरेको र यसको श्रेय हाम्रा गा्रहकहरु तथा लगनशील कर्मचारीहरू भएको बताएका छन् । साथै कृषि उद्यम मार्फत आफूलाई यस क्षेत्रमा अझ दृढताका साथ लाग्न यस अवार्डले हौसला प्रदान गरेको बताएका छन् । यो अवार्ड हामीले यस वर्ष मात्र नभई विगतको वर्षहरूमा गरिएको कडा परिश्रमको तयारीको परिणाम हो । आज हामी जहाँ छानै त्यो एकचोटी सम्भव भएको होइन । यो हामीले सुरुका अवस्थामा राखिएको दुरदृष्टि र लक्ष्य प्रतिको लगनशीलता तथा विगतका दिनहरूमा गरिएको तयारीको परिणाम हो ।

निम्बसले सन् २००४ मा देशमै पहिलो पशुपक्षीको दानाको नवीनतम ९एभििभत उत्पादन गर्ने उद्देश्य सहित प्रोबायोटेक ईन्डस्ट्रिजको स्थापना गरी व्यवसाय सुरुवात गरेको थियो । कम्पनीको पशु फिड ब्रान्ड “शक्ति” ले बिस्तारै देशभरी नै व्यवसाय विस्तार गर्न थाल्यो र अन्ततः नेपालमा सबैभन्दा बढी रुचाइएको ब्रान्ड बन्न पुग्यो । हाल निम्बसमा चार वटा पशु आहाराको उद्योग,माछा दाना उद्योग, सल्भेन्ट उद्योग, रिफाइनरी, दाल उद्योग तथा तोरी तेलको भहउभििभच भटमासको मस्यौरा उद्योगबाट  उत्पादित खाद्य पदार्थ “व्यञ्जन”तथा “सुनौलो किरण” ब्रान्डमा उपलब्ध गराइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको