ओमिक्रोन नियन्त्रण गर्न काँग्रेस नेतृ भुसालद्वारा स्वास्थ्यमन्त्री खतिवडालाई ज्ञापनपत्र

काठमाडौं, २९ पुस । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई नेपाली काँग्रेस संसदीय दलका सचेतक पुष्पा भुसाल गौतमले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन नियन्त्रणबारे ज्ञापनपत्र बुझाएकी छिन् ।

संसदमा लामो समयदेखि जनसरोकारका विषयमा छलफल हुन नसकेको भन्दै ओमिक्रोन भेरियन्ट नियन्त्रण गर्न माग गर्दै नेतृ भुसालले मन्त्री खतिवडालाई ज्ञापनपत्र बुझाएकी हुन् ।

ज्ञापनपत्र बुझ्दै खतिवडाले ध्यानाकर्षणका विषयहरू महत्त्वपूर्ण र संवेदनशील रहेको भन्दै सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् ।

विश्वभर फैलिँदै गइरहेको कोरोना संक्रमणको तेस्रो लहरका रूपमा नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा २–३ हप्ताभित्र नै उच्च संख्यामा बढ्ने आकलन भइरहेको भन्दै  मन्त्री खतिवडालाई भुसालले ध्यानाकर्षण गराएकी हुन् ।


प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको