श्रीमतीको हत्या गरी आगो लगाई भाग्ने पुरुष ७ वर्षपछि पक्राउ

कपिलवस्तु, २९ पुस । आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका व्यक्ति ७ वर्षपछि पक्राउ परेका छन् ।  श्रीमतीको हत्या गरेको अभियोगमा भारत सिद्धार्थनगर तहसिल नौगढ ग्राम धन्सा बस्ने ३० वर्षीय मुलायम चमार भन्ने सिकन्दर चमारलाई घटनाको ७ वर्षपछि मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

सिकन्दरले आफ्नै श्रीमती २१ बर्सिया किसलावती चमारलाई लिएर कपिलवस्तु कृष्णनगर नगरपालिका–६ श्रीनगरस्थित ससुराली आएको अवस्थामा २०७१ फागुन ३० गते राति श्रीनगरस्थित खेतमा लगेर हत्या गरी आगो समेत लगाई भागी फरार भएका सिकन्दरलाई नेपाल आउँदै गरेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले कपिलवस्तु यशोधरा गाउँपालिका–६ रंगपुरमा फेला पारी पक्राउ गरेको हो ।

उनीमाथि कर्तव्य ज्यान मुद्दामा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको