नेप्सेमा आज उच्च अंकको वृद्धि, ६ अर्बको कारोबार

काठमाडौं, २९ पुस । शेयर बजारमा आज हरियाली छाएको छ । अन्य समूहबाहेक सम्पूर्ण नेप्से सूचक बढेका छन् ।
साताको कारोबारको अन्तिम दिन बिहीबार आज नेप्से ५४ दशमलव १२ अंकले वृद्धि भएर २८ सय ५७ दशमलव ७५ विन्दुमा कायम भएको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज ८ दशमलव ९४ अंकले बढेर ५३० दशमलव ८३ विन्दुमा थामिएको छ ।

नेप्सेमा आज २२४ कम्पनीको १ करोड १८ लाख ३४ हजार २१६ कित्ता शेयर खरिद बिक्री भएर ६ अर्ब ६६ करोड ९७ लाख ४८ हजार ५६८ रुपैयाँ बराबरको कारोबार भएको हो ।


प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको