यी हुन् ओमिक्रोन संक्रमणका लक्षण

एजेन्सी, २९ पुस । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका कारण हुने लक्षणका बारेमा लगातार समाचार आइरहेका छन्, जसले मानिसमा भ्रम पैदा गरिरहेको छ । ओमिक्रोनको “शीर्ष पाँच“ लक्षणहरू यस्ता हुने विज्ञहरू बताउँछन् ।

डेली एक्सप्रेस (युके) ले रिपोर्ट अनुसार वैज्ञानिकहरूले अक्टोबर र डिसेम्बरमा सक्रिय केसहरूको गरिएको अध्ययनमा तुलना गर्दा युरोपमा अक्टोबर महिनामा डेल्टा प्रमुख भेरियन्ट थियो भने डिसेम्बरमा ओमिक्रोन सबैभन्दा प्रभावशाली भेरियन्ट बनेको थियो।

यी हुन् लक्षण

– रुघा लागेको
– टाउको दुख्ने
– थकान (हल्का वा गम्भीर)
– हाच्छिउँ
– घाँटी दुख्ने

अनुसन्धानले डेल्टा र ओमिक्रोनको लक्षण प्रोफाइलहरूमा कुनै स्पष्ट भिन्नता फेला पारेको छैन  ।


प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको